इन्टरनेटबाट हुने कामकाज सुरक्षित राख्न जरुरी : बागमतीका सभामुख पाठक « Khabarhub

इन्टरनेटबाट हुने कामकाज सुरक्षित राख्न जरुरी : बागमतीका सभामुख पाठक


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सरकार ‘पेपरलेस सिस्टम’ कार्यान्वयनमा अघि बढेको भन्दै इन्टरनेटबाट हुने कामकाजलाई सुरक्षित गर्न जरुरी रहेको बताएका छन् ।

हेटौँडामा नेपाल दूरसञ्चार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा प्रदेशसभा सदस्यका लागि इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षित प्रयोग विषयक तालिममा सभामुख पाठकले कुनैपनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टर ह्याक गर्न सक्नेमा सचेत गराए ।

उनले सरकारले साइबर सुरक्षासम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्न जरुरी रहेको बताए । पछिल्लो समय साइबर अपराधका घटनामा बढिरहेको भन्दै उनले साइबार अपराध न्यूनीकरणका लागि काम गर्नुपर्ने बताए ।

क्यान महासङ्घ नेपालका महासचिव एवम् साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले तालिमको सहजीकरण गरेका थिए । तालिममा बागमती प्रदेशका ८० सांसदहरुको उपस्थिति छ ।

नेपाल बन्छ जब नेपालमा नै बनाइन्छ, सफ्टवेयरबाट समृद्धि नारालाई आत्मसाथ गर्दै नेपाललाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उनीहरुको भनाइ थियो । साइबर सुरक्षाको चुनौतीलाई न्यूनीकरणका लागि हरेक स्थानीय हतमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने अधिकारीको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशन विजयकुमार रायको ७७ वटै जिल्लाका स्थानीय तहमा फोरजी र ब्रोडब्याड इन्टरनेट सेवाको विस्तार भएको बताए ।

सेवाको विस्तारसहित चुनौती पनि बढेको उनको भनाइ छ । उहाँका अनुसार हाल करिब ९५ प्रतिशत जनसङ्ख्यामा मोबाइल ब्रोडब्याण्ड सेवा पुगेको छ । साइबर सुरक्षाका विषयमा नीति निर्माणसँगै चुनौती न्यूनीकरणका लागि आम नागरिकलाई अभिमुखीकरण गर्दै अघि बढ्नुपर्ने रायले धारणा राखे ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ५ : १३ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन