कालीकोटको विद्यालयमा देखियो अज्ञात रोग, एक जनाको मृत्यु | Khabarhub Khabarhub

कालीकोटको विद्यालयमा देखियो अज्ञात रोग, एक जनाको मृत्यु


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीकोटको तिलागुफा नगरपालिका–१० मा रहेको श्री महादेव माध्यमिक विद्यालयमा अज्ञात रोगले अधिकांश विद्यार्थी बिरामी भएका छन् ।

सामान्य रोग होला भनेर केही बेवास्ता गर्दा विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी १४ वर्षीया कर्मा थापाको बुधबार ज्यान गएको र हाल विद्यालय विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक भद्रबहादुर सिंहले जानकारी दिए । “हामीले जिल्ला अस्पताल कालीकोट र नगर अस्पताललाई पनि खबर गरेका छौँ”, उनले भने, “दुई जना विद्यार्थीको स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र एक जना विद्यार्थीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।”

विद्यालयमा कक्षा ११ सम्म पढाइ हुने गरेको र तीन सय २७ विद्यार्थी अध्ययन रहेकामा तीमध्ये एक सय ३० विद्यार्थी बिरामी रहेको सहप्रधानाध्यापक धर्मचन्द्र कोइरालाले जानकारी दिए । “केही समयदेखि विद्यार्थीमा अनुहार सुनिने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ”, उनले भने, “धेरै विद्यार्थी बिरामी भएकाले महामारीको रूप हुनसक्छ भनेर अहिले विद्यालय बन्द गर्ने कि के गर्ने भन्नेमा छौँ ।”

विद्यालयमा देखिएको अज्ञात रोगका विषयमा गम्भीर रूपमा लिँदै नगर अस्पताल राँचुलीका प्रमुख डा टङ्कप्रसाद आचार्यसहितको टोलीलाई विद्यालयमा जान भनेको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिए । “अज्ञात रोग फैलिएको आज भर्खरमात्र थाहा भयो”, उनले भने, “अहिले नगरपालिकाको चिकित्सकसहितको टोली अज्ञात रोग फैलिएको गाउँमा पठाएका छौँ ।”

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ७ : २५ बजे

स्कटल्याण्डविरुद्ध नेपालको खराब ब्याटिङ

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

कन्काईमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले झापाको कन्काई

भवानीशङ्करको वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार

पाल्हीनन्दन – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ का भवानीशङ्कर यादवले व्यावसायिक

मानवीय सहायता बोकेको जहाज गाजातर्फ, इजरायली सेनालाई रोक्न आदेश

यरुशलेम – इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

मकवानपुर – बागमती प्रदेशसभाको बैठक यही जेठ ३० गते अपराह्न