मोरङमा ३५ प्रतिशत धान रोपियो « Khabarhub

मोरङमा ३५ प्रतिशत धान रोपियो


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – असारको तेस्रो साता बितिसक्दा अन्न भण्डारका रूपमा मानिने मोरङमा ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जसअनुसार जिल्लाभित्र २९ हजार एक सय ५५ हेक्टर जमिनमा धान रोपाइँ भएको हो ।

‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराको साथ देशैभर धान रोपाइँ भइरहेको छ । मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरेको र जसको हालसम्म २० प्रतिशतमात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए । समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने प्रमुख सिंह बताए । गत वर्ष मोरङमा ९९ प्रतिशत रोपाइँ भएको सिंहले दाबी गरे ।

मोरङमा धेरै मात्रामा रन्जीत धान, रामधान, विवी एघार, स्वार्णलगायत धान लगाउने गरेको कृषि ज्ञान केन्द्र विराटनगरले जनाएको छ । गत वर्ष मोरङमा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । जसमा तीन लाख ३८ हजार एक सय १४ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहेको कृषि ज्ञान केन्द्र विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ८ : २८ बजे

देउवाले सभापति लेख्दा कांग्रेसको आपत्ति

काठमाडौं– नेपाली कांग्रेसले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनधिकृत रूपमा

महामन्त्रीको संयोजकत्वमा ‘राइट टु रिकल’ समिति बन्ने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘राइट टु

कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च पुगे देउवा र खड्का

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशन

ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना

काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।