एसइई नतिजा : मध्यम विद्यार्थीलाई उत्कृष्टमा लान शिक्षाविद्को सुझाव « Khabarhub

एसइई नतिजा : मध्यम विद्यार्थीलाई उत्कृष्टमा लान शिक्षाविद्को सुझाव


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल समग्रमा सुधारोन्मुख हुनुमा शिक्षक–विद्यार्थीको मेहनत र अभिभावकको जागरुकता मुख्य कारण रहेको शिक्षाविद् र शिक्षाकर्मीहरूको बुझाइ रहेको छ । साथै उनीहरूले मध्यमस्तरका विद्यार्थीलाई उत्कृष्टमा उकास्ने चुनौती कायमै रहेकाले त्यस प्रकारको योजना ल्याउन ध्यान दिन आग्रह गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले संवत् २०७९ को एसइईको नतिजा आज सार्वजनिक गरेपछि प्रारम्भिक विश्लेषणको प्रतिक्रिया दिँदै विज्ञहरूले माथिल्लो ग्रेडमा विद्यार्थी केही वृद्धि भए मध्यम ग्रेडमा धेरै विद्यार्थी रहेको देखिएले आगामी दिनमा पठपाठनमा सुधार्न सुझाएका हुन् । शिक्षाविद् डा मनप्रसाद वाग्लेले मध्यम विद्यार्थीलाई उत्कृष्टमा उकास्ने योजना आवश्यक रहेको प्रतिक्रिया दिए ।

प्रकाशित नतिजाअनुसार स्तरीकृत अङ्क ९जिपिए० दुईदेखि दुई दशमलव ४० सम्म यस वर्ष सबैभन्दा धेरै एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१ दशमलव ०९ विद्यार्थी छन् भने जिपिए तीन दशमलव २० देखि तीन दशमलव ६० अन्तरमा ५५ हजार ६९ अर्थात् ११ दशमलव ३६ प्रतिशत छन् । जिपिए तीन दशमलव ६० देखि चार अन्तरमा यस वर्ष २२ हजार चार सय ७५ अर्थात् चार दशमलव ६३ प्रतिशत विद्यार्थी छन् । यी सबै स्तरीकृत अङ्कमा अघिल्लो वर्षको भन्दा नतिजा सुध्रिएको छ । प्रयोगात्मक भएका अङ्ग्रेजी, नेपाली र विज्ञानमा विषयमा विद्यार्थीले झन् राम्रो नतिजा ल्याउन सफल भएका छन् भने प्रयोगात्मक नभएको गणितमा धेरै विद्यार्थीको कमजोर रहेको देखिएको छ ।

शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले परीक्षाफललाई सरसर्ती हेर्दा स्थानीय तह र विद्यालयहरूमा एक प्रकारको सुधारको जागरण आएको देखिएको बताउँदै आगामी दिनमा एउटा स्थानीय तह र अर्को स्थानीय तह तथा एक विद्यालय र अर्को विद्यालयबीच प्रतिस्पर्धा गराउँदै हरेक केटाकेटीलाई प्रविधि र सिकाइसँग जोड्न शिक्षकलाई स्तरोन्नति गर्न सक्ने हो भने अझै नतिजा वृद्धि हुने बताए ।

काठमाडौँ विश्वविद्यालय ‘स्कुल अफ एजुकेशन’का डीन एवं शिक्षाविद् डा बालचन्द्र लुइँटेलले कोभिडपछि शिक्षा सुधार्ने चिन्तनका साथ जसरी स्थानीय तह लागे, त्यसले सार्वजनिक विद्यालयमा राम्रो पढाइ हुन थालेको नतिजाले देखाएको बताए । “परीक्षा प्रणालीमा सुधर्ने र लापरवाही नहुने कुराले पनि सकारात्मक प्रभाव पारेको छ । प्रश्नपत्र रचनात्मक हुनेतर्फ उन्मुख छ तर सुधारका प्रयत्न समानरूपमा भएको छैन भन्ने देखिन्छ”, डा लुइँटेलले भने, “जान्ने समूहको विद्यार्थी अझ जान्ने भयो भने नजान्ने समूह नजान्ने नै छ । तल्ला ग्रेडमा रहेका विद्यार्थी, जो दुर्गमका वा सरकारी विद्यालयका पनि कमजोर छन्, उनीहरूको परीक्षाफल सुधार हुन नसकेको अनुमान गर्न सकिन्छ ।”

उनले नतिजा र स्रोत साधनको अन्तरसम्बन्ध मिलेर शिक्षक दरबन्दी पर्याप्त भएका विद्यालयले तथा शिक्षा सुधारमा प्राथमिकता दिएका स्थानीय तहको समग्र नतिजा रामै्र देखिएको बताए ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरका बुझाइमा सामुदायिक विद्यालयको अवस्था सुधारोन्मुख हुनुमा विद्यालय व्यवस्थापन समितिको जागरुकता, शिक्षकको मेहनत र समुदायले विद्यालयलाई हेर्ने सकारात्मक दृष्टिकोण एवं सरकारको विद्यालय क्षेत्र सुधार हुँदै विद्यालय शिक्षा क्षेत्र सुधार कार्यक्रमको थालनीले प्रभाव पारेको छ । “कोभिडपछि भौतिक उपस्थितिमिा विद्यालयमा पढ्न पाउँदा अभिभावक र विद्यार्थीहरू उत्साहित भएको र कोभिडका समयमा सञ्चार प्रविधिबाट पढ्दा खेप्नुपरेको हैरानीको राम्रो क्षतिपूर्ति मिलेको अनुभव भएको छ”, नतिजाको सुधारबारे अध्यक्ष तुलाधरले राससलाई सुनाए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन०का अध्यक्ष डिके ढुङ्गानाले सुधारोन्मुख नतिजाप्रति सन्तोष व्यक्त गर्दै कक्षाकोठाको सिकाइलाई केन्द्रित गर्दै परीक्षा प्रणालीलाई अझै सुधार्न आग्रह गरे । प्रयोगात्मक नम्बरको बलको आधारमा मात्रै नभई सैद्धान्तिक ज्ञानबारे राम्रोसँग पढेमा मात्रै राम्रो नतिजा आउँछ भन्ने बुझाइ स्थापित गर्नतिर लाग्नुपर्ने अध्यक्ष ढुङ्गानको जोड रहेको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ८ : ५० बजे

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो