गण्डकी प्रदेशसभा : आर्थिक विधेयकमाथि छलफल « Khabarhub

गण्डकी प्रदेशसभा : आर्थिक विधेयकमाथि छलफल


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक विधेयक–२०८० माथि छलफल भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रदेशसभामा विधेयकका सम्बन्धनमा छलफलका लागि प्रस्ताव गरेका थिए।

उक्त विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, सीताकुमारी सुन्दासलगायतले भाग लिएका थिए । छलफलका क्रममा सदस्यहरुबाट उठेका प्रश्नको आर्थिक मामिलामन्त्री आलेमगरले जवाफ दिएका थिए ।

मन्त्री आलेमगरले आन्तरिक राजस्व वृद्धि गर्ने गरी विधेयक ल्याइएको बताइ । “राजस्व वृद्धि नगरिकन केन्द्रीय अनुदानमा मात्र भर पर्दा प्रदेशलाई स्थायीत्व दिन गाह्रो हुन्छ”, उनले भने, “राजस्व बढाउने नाममा जनजीविकामा नै असर पुग्ने गरी कर लगाउनु पनि हुँदैन ।” मन्त्री आलेमगरले गैरकानूनी रुपमा सञ्चालनमा रहेका गिट्टीबालुवा प्रशोधन उद्योग दर्ताका लागि विशेष छुटको व्यवस्था गरिएको बताए । उनले एक सय ५० सिसीसम्मको अपाङ्गतामैत्री स्कुटरमा कर निःशुल्क गरिएको उल्लेख गरे।

आर्थिक विधेयकमाथिको छलफल सकिएपछि आगामी आव २०८०/८१ को बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्नेछ । प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ९ : ३३ बजे

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो