गण्डकी प्रदेशसभा : आर्थिक विधेयकमाथि छलफल | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभा : आर्थिक विधेयकमाथि छलफल


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक विधेयक–२०८० माथि छलफल भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रदेशसभामा विधेयकका सम्बन्धनमा छलफलका लागि प्रस्ताव गरेका थिए।

उक्त विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, सीताकुमारी सुन्दासलगायतले भाग लिएका थिए । छलफलका क्रममा सदस्यहरुबाट उठेका प्रश्नको आर्थिक मामिलामन्त्री आलेमगरले जवाफ दिएका थिए ।

मन्त्री आलेमगरले आन्तरिक राजस्व वृद्धि गर्ने गरी विधेयक ल्याइएको बताइ । “राजस्व वृद्धि नगरिकन केन्द्रीय अनुदानमा मात्र भर पर्दा प्रदेशलाई स्थायीत्व दिन गाह्रो हुन्छ”, उनले भने, “राजस्व बढाउने नाममा जनजीविकामा नै असर पुग्ने गरी कर लगाउनु पनि हुँदैन ।” मन्त्री आलेमगरले गैरकानूनी रुपमा सञ्चालनमा रहेका गिट्टीबालुवा प्रशोधन उद्योग दर्ताका लागि विशेष छुटको व्यवस्था गरिएको बताए । उनले एक सय ५० सिसीसम्मको अपाङ्गतामैत्री स्कुटरमा कर निःशुल्क गरिएको उल्लेख गरे।

आर्थिक विधेयकमाथिको छलफल सकिएपछि आगामी आव २०८०/८१ को बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्नेछ । प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ९ : ३३ बजे

सूर्यविनायक–धुलिखेल सडक विस्तार (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर  सडकको ६

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल– काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका

वडामै योजना सम्झौता : समय र खर्चको बचत

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि

च्याम्पियन्स ट्रफीः सधै विवादमा भारत भर्सेस पाकिस्तान

यस पटकको च्याम्पियन्स ट्रफी क्रिकेट फरक शैलीमा हुने भएको छ।

माधवनारायणका व्रतालुले आज दोस्रो परदेश यात्रा गर्दै

काठमाडौं– काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका