आँखा परीक्षण गराउनेको सङ्ख्या बढ्यो  « Khabarhub

आँखा परीक्षण गराउनेको सङ्ख्या बढ्यो 


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण परीक्षण गराउनेको सङ्ख्या बढेको छ । हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । 

विगतको तुलनामा यसवर्ष आँखा पाक्ने समस्या बढी देखिएको  अस्पतालका स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जानकारी दिए । ‘अस्पतालमा आँखाका बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ’, उनले भने, ‘दैनिक झण्डै एक सय जनामा आँखा पाक्ने रोग देखिएको छ ।’

आँखा रातो हुने, आँशु आउने, बिजाउने, चिप्रा लाग्नेलगायत समस्या देखिएको छ । आँखाको दुवै परेलासमेत सुन्निने गरेको पाइएको छ । आँखा परीक्षण गरेर चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्न डा श्रेष्ठले सुझाव दिए ।   

‘रोगको सङ्क्रमण देखिए जथाभावि औषधिको प्रयोग र आँखा मिच्न हुँदैन’, उनले भने। आँखा पाक्दैमा आत्तिनु नहुने र एक हप्तामा सञ्चो हुने डा श्रेष्ठ बताउँछन् । सङ्क्रमण भएका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, मोबाइल, चश्मा, औषधिलगायत सामग्री साटासाट गर्दा रोग तीव्रगतिमा फैलिने उनको भनाइ छ । राम्रोसँग साबुन पानीले हात धुन उनले सुझाव दिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ५ : ०४ बजे

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

काठमाडौं– सपना हो कि विपना हो यो, के हो जिन्दगी

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई