सुन प्रकरण : अनुसन्धानको जिम्मा प्रहरीलाई दिइयो  « Khabarhub

सुन प्रकरण : अनुसन्धानको जिम्मा प्रहरीलाई दिइयो 


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागले आइतबार सुन प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरू प्रहरीलाई जिम्मा लगाएको हो । 

अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अघि बढाउने भएको  छ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको जनाइएको छ । 

यही ३ साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर सिनामंगल पुर्‍याइएको एक क्विन्टल सुन बरामद गरेको थियो । सुन बरामद भएको १६ दिन पछि प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका थिए । 

प्रधानमन्त्रीको उक्त निर्देशन दिएपछि विभागले आइतबार सम्पूर्ण फाइलहरू बुझाएको हो । सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने निष्कर्षसहित सरकारले संगठित अपराध, अन्तर्देशीय अपराध र आतंकवादसँग पनि जोडेर अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको हो । 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ५ : ३५ बजे

मतदाता नामावली दर्ताको समय सकिँदै

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर

सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र स्थनीय प्रशासन सहमत

बारा – बारा स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच आज भएको

शनिबार कांग्रेस महाधिवेशन तालिका पेस गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुस मसान्तभित्रको मिति तोकेर ल्याउने

दलित आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

गण्डकी – राष्ट्रिय दलित आयोगको पाँचौँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका