वालिङमा रक्त सञ्चार केन्द्र स्थापना « Khabarhub

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो ।

केन्द्र सञ्चालनमा आएसँगै वालिङमा सञ्चालनमा रहेका डायलासिस सेन्टर, प्रसूति गृह तथा आकस्मिक दुर्घटनाका बिरामीलाई सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए।

यहाँ स्थापना भएको केन्द्रमार्फत स्याङ्जाको वालिङ, भीरकोट, चापाकोट, गल्याङ, कालीगण्डकीसहित दक्षिण पर्वतका बिरामीलाई सहज हुने छ । 

‘वालिङका बिरामीका लागि पाल्पा, पोखरालगायत ठाउँबाट रगत ल्याउनुपथ्र्यो’, उनले भने, ‘अब अस्पतालमै केन्द्र स्थापना भएपछि अन्यत्र जानुपर्ने बाध्यता हटेर जानेछ ।’

वालिङमा रक्त सञ्चार केन्द्र आवश्यक देखिएपछि जिल्ला रेडक्रस सोसाइटीसँग समन्वय गरेर अस्पतालमा केन्द्र सञ्चालनमा ल्याइएको वालिङका नगर प्रमुख कृष्ण खाँणले बताए । नगरपालिकाले केन्द्र स्थापना र सञ्चालनका लागि नीति, कार्यक्रम तथा बजेटमार्फत नै सम्बोधन गरेको उनको भनाइ छ । 

केन्द्रको व्यवस्थापन जिल्ला रेडक्रस सोसाइटीले गर्ने तथा अन्य काम नगरपालिका र अस्पताल प्रशासनले गर्ने  सहमति भएको रेडक्रसका जिल्ला अध्यक्ष दिनेश अर्यालले बताए । 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ६ : ५५ बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका