एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी « Khabarhub

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन्। मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्यासी हरि रिजाललाई पराजित गर्दै कँडेल विजयी भएका हुन्।

विजयी कँडेलले ४७९ मत पाए भने रिजालले ४७७ मत ल्याए। कँडेललाई उपाध्यक्ष विष्णु पौडेल पक्षको समर्थन थियो भने रिजाललाई महासचिव शंकर पोखरेल पक्षको समर्थन थियो।

त्यसैगरी कमिटीको उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४ सय ५५ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी विश्वराज बरालले ३ सय ६ मत मात्रै प्राप्त गरेका छन्। सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन्। 

कमिटीको उपसचिवमा पूर्ण बुढामगर ४ सय १८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी दुर्गाप्रसाद थारुले ३ सय ९३ मत प्राप्त गरेका छन्। 

महिला उपसचिवमा लीला राना मगर १ मत बढी ल्याएर विजयी भएकी छन्। मगर ३ सय ५२ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी वसन्ती अधिकारीले ३ सय ५१ मत मात्रै प्राप्त गरेकी छन्। 

पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भए। ५ पदाधिकारीमध्ये ४ पदमा मंगलबार निर्वाचन भएको थियो। भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङका गरी ४ जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १० : ३० बजे

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)

ओलीको आरोप- सरकारले सांसदलाई उत्तरदायी बनाउन सकेन, कठपुतली बनाउन खोज्यो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र