भक्तपुरको कटुञ्जे वडा कार्यालयमा झडप « Khabarhub

भक्तपुरको कटुञ्जे वडा कार्यालयमा झडप


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाका वडा नं ५ वडा कार्यालयमा वडामा झडप भएको छ । वडाका जनप्रतिनिधिहरू र  सेवाग्राहीबीच झडप भएको हो । 

झडपमा परेर दुई जना घाइते भएका छन् । नेत्रबहादुर चन्द र सागर थापा घाइते भएका छन् । उनीहरूको उपचारको लागि सूर्यविनायक नगरपालिका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

झैझगडा घटनामा संलग्नमध्ये दुईजनालाई पक्राउ गरिएको छ । सुनिल थापा र सुदीप थापालाई पक्राउ गरी प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा वडा सदस्यसमेत संलग्न भएकोले उनलाई समेत कार्यालयमा बोलाई बयान लिएको प्रहरीले जनाएको छ । तर, उनको नाम भने खुलाइएको छैन । जग्गासम्बन्धी विवादमा झैझगडा भएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १० : ५५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन