मुस्लिम समुदायका बालबालिका खोप लगाउँदै « Khabarhub

मुस्लिम समुदायका बालबालिका खोप लगाउँदै


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेको नेपालगञ्जमा मुस्लिम समुदायका बालबालिकाले पनि खोप लगाउन थालेका छन् । समुदायमा आएको स्वास्थ्यसम्बन्धी सचेतता र जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका धर्मगुरुलगायतले उनीहरुका अभिभावकलाई खोप लगाउनुको फाइदाका बारेमा जानकारी दिएपछि बालबालिकाले खोप लगाउन थालेका जिल्ला स्वास्थ्य कार्यालय बाँकले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ३, ४, ५, ६, ७ र १४ मा रहेका अधिकांश मुस्लिम समुदायका बालबालिकाले खोप लगाउन थालेका कार्यालयका खोप फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । “करिब १० प्रतिशत मुस्लिम समुदायका बालबालिका खोपको अवसरबाट वञ्चित भएका थिए”, उनले भने, “अहिले खोप लगाउन सुरु भएको छ ।”

फोकलपर्सन श्रेष्ठका अनुसार नेपालगन्जमा दादुराको महामारी देखिएपछि पनि बालबालिकालाई खोप लगाउनुपर्छ भन्ने मानसिकताको विकास भएको हो । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले खोप लगाउनुका फाइदाका बारेमा जानकारी गराएपछि मुस्लिम समुदायको सक्रियतामा बालबालिकाले खोल लगाएकोमा खुसी व्यक्त गरे ।

नेपालगञ्जकी तरोन्नम बानोले खोपको महत्व र आवश्यक्ता बुझेपछि बालबालिकालाई खोप लगाउन थालिएको जानकारी दिँदै अहिले अधिकांश बालबालिकाले खोप लगाएको बताइन् । बालरोग विशेषज्ञ डा सकिल अहमद विगतभन्दा अहिले फरक भएकाले खोप नलाएका कारण आउने बिरामी घटेको जानकारी दिए । उनले अभिभावकको खोपप्रति धारणा परिवर्तन भएको बताए ।

उपमहानगरपालिका–३ का फैजुनब्बी जामा मस्जिदका इमाम मुफ्ती मोहम्मद जाफर रजाले मुस्लिम समुदायको आचारसंहिता (शरियत) का अनुसार खोप लगाउनु अवैध मानिए पनि पछिल्लो समय विभिन्न रोगको सङ्क्रमण बढ्दै गएकाले स्वास्थ्यका दृष्टिकोणले खोप लगाउन थालिएको बताए ।

खोप लगाउनुको उद्देश्य भनेको निश्चित रोग लाग्नबाट बचाउने वा लागे पनि त्यसलाई गम्भीर हुन नदिने भएकाले सबैले अनिवार्य खोप लगाउनुपर्ने खोप फोकलपर्सन श्रेष्ठले बताए । उनका अनुसार बिसिजी, डिपिटी, पिसिभि, दादुरा, रुबेला, जापनीज इन्सेफ्लाइटिस, पोलियोलगायतका खोप बालबालिकालाई लगाउने गरिन्छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ५ : ४१ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक