मुस्लिम समुदायका बालबालिका खोप लगाउँदै « Khabarhub

मुस्लिम समुदायका बालबालिका खोप लगाउँदै


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेको नेपालगञ्जमा मुस्लिम समुदायका बालबालिकाले पनि खोप लगाउन थालेका छन् । समुदायमा आएको स्वास्थ्यसम्बन्धी सचेतता र जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका धर्मगुरुलगायतले उनीहरुका अभिभावकलाई खोप लगाउनुको फाइदाका बारेमा जानकारी दिएपछि बालबालिकाले खोप लगाउन थालेका जिल्ला स्वास्थ्य कार्यालय बाँकले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ३, ४, ५, ६, ७ र १४ मा रहेका अधिकांश मुस्लिम समुदायका बालबालिकाले खोप लगाउन थालेका कार्यालयका खोप फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । “करिब १० प्रतिशत मुस्लिम समुदायका बालबालिका खोपको अवसरबाट वञ्चित भएका थिए”, उनले भने, “अहिले खोप लगाउन सुरु भएको छ ।”

फोकलपर्सन श्रेष्ठका अनुसार नेपालगन्जमा दादुराको महामारी देखिएपछि पनि बालबालिकालाई खोप लगाउनुपर्छ भन्ने मानसिकताको विकास भएको हो । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले खोप लगाउनुका फाइदाका बारेमा जानकारी गराएपछि मुस्लिम समुदायको सक्रियतामा बालबालिकाले खोल लगाएकोमा खुसी व्यक्त गरे ।

नेपालगञ्जकी तरोन्नम बानोले खोपको महत्व र आवश्यक्ता बुझेपछि बालबालिकालाई खोप लगाउन थालिएको जानकारी दिँदै अहिले अधिकांश बालबालिकाले खोप लगाएको बताइन् । बालरोग विशेषज्ञ डा सकिल अहमद विगतभन्दा अहिले फरक भएकाले खोप नलाएका कारण आउने बिरामी घटेको जानकारी दिए । उनले अभिभावकको खोपप्रति धारणा परिवर्तन भएको बताए ।

उपमहानगरपालिका–३ का फैजुनब्बी जामा मस्जिदका इमाम मुफ्ती मोहम्मद जाफर रजाले मुस्लिम समुदायको आचारसंहिता (शरियत) का अनुसार खोप लगाउनु अवैध मानिए पनि पछिल्लो समय विभिन्न रोगको सङ्क्रमण बढ्दै गएकाले स्वास्थ्यका दृष्टिकोणले खोप लगाउन थालिएको बताए ।

खोप लगाउनुको उद्देश्य भनेको निश्चित रोग लाग्नबाट बचाउने वा लागे पनि त्यसलाई गम्भीर हुन नदिने भएकाले सबैले अनिवार्य खोप लगाउनुपर्ने खोप फोकलपर्सन श्रेष्ठले बताए । उनका अनुसार बिसिजी, डिपिटी, पिसिभि, दादुरा, रुबेला, जापनीज इन्सेफ्लाइटिस, पोलियोलगायतका खोप बालबालिकालाई लगाउने गरिन्छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ५ : ४१ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल