बर्दिवासको एउटै कलेजमा ७९ जना विद्यार्थी बिरामी « Khabarhub

बर्दिवासको एउटै कलेजमा ७९ जना विद्यार्थी बिरामी


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासका ७९ जना विद्यार्थी एकसाथ बिरामी परेका छन्। एक्कासी ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछि उनीहरूलाई बर्दिबास अस्पतालका चिकित्सकले आज परीक्षण गरेका थिए।

परीक्षणको क्रममा तीन जनालाई डेंगु प्रमाणित भएता पनि अन्य विद्यार्थीलाई उच्च ज्वरो देखिएको निमित्त क्याम्पस प्रमुख हरि भुजुले जानकारी दिए। ‘हाम्रोमा सातौं सेमेस्टरको परीक्षा चलीरहेको थियो। केही विद्यार्थीमा त्यतिवेला पनि ज्वरो आएको थियो,’ उनले भने।

रोगको विषयमा चिकित्सकहरुले परिक्षण गरिरहेका छन । बर्षादका कारण दुषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरेतापनी डेंगुको नै लक्षण भएको हुन सक्ने चिकित्सकले बताएका छन्। २२ गते हुने परीक्षा पनि विद्यार्थी बिरामी भएपछी स्थगन गर्न लगाइएको वडा अध्यक्ष पदम आलेमगरले जानकारी दिए।

धमाधम ज्वरो र टाउको दुख्ने लक्षणवाट प्रताडित बनेपछी वडा अध्यक्ष मगरले आज क्याम्पसमा नै स्वास्थ्य शिविर राखेका थिए। परीक्षण गरिएका सवै विद्यार्थीमा ज्वरो देखिएको थियो। कतिपयको स्थानीय किल्निकमा उपचार भएतापनी केहीलाइ बर्दिबास अस्पतालमा उपचार भइरहेको छ।

यसै समबन्धमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्र्यार्थी युनियनले विद्यार्थीहरूमा फैलिरहेको ज्वरोलाई मध्यनजर गर्दै एक विज्ञप्तिसमेत निकालेको छ।विज्ञप्तिमा एक हप्तादेखि दुषित पानीका कारण फैलिएको टाइफाइडका कारण विद्यार्थी प्रताडित वनेपछी पाचौं सेमेस्टरको परीक्षा स्थगन गर्न माग गरिएको छ।

कृषि तथा वन बिज्ञान विस्वविध्यालय राष्ट्रिय समितिका सचिव शिव बस्नेतले निकालेको विज्ञप्तिमा रोग नियन्त्रणमा नआएसम्म परीक्षा रोक्न आग्रह गरिएको छ।परीक्षा स्थगनको लागी प्राकृतिक स्रोत व्यवस्थापन कलेजले पनि डिनको कार्यालयलाई पत्र लेखिसकेको निमित्त क्याम्पस प्रमुख भुजेलले बताए।

विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरप्रमुख र सरोकारवाला निकायमा संयोजन भइरहेको वताउदै वडा अध्यक्ष मगरले रोगको विषयमा अहोरात्र निगरानी गरिरहेको जानकारी दिए। यो कलेज बर्दिबास नगरपालिकाको वडा नम्बर ६ स्थित भित्री गाउँमा रहेको छ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ८ : १८ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको