नेविसंघद्वारा गृहमन्त्रीको पुत्ला दहन « Khabarhub

नेविसंघद्वारा गृहमन्त्रीको पुत्ला दहन


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री एवम् नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष महेन्द्र यादवमाथिको सांघातिक आक्रमणको विरोध गर्दै नेपाल विद्यार्थी संघ त्रिभुवन विश्व विद्यालय इकाइ समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला दहन गरेको छ।

आज बेलुकी दोषिलाई कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको पुत्ला दहन गरिएको नेविसंघ त्रिवि इकाइ सभापति विष्णु बडैलाले जानकारी दिए।यादवमाथि भएको सांघातिक हमलालाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले दोषिमाथि कडा कारबाहीको माग गरेका छन्।

आज दिउँसो रिपोटर्स क्लबको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको हो। नुवाकोट विदुर नगरपालिकाका ४७ वर्षीय श्याम सापकोटाले खुकुरी प्रहार गरेको र उनलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ८ : ३३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन