डाक्टर कोइरालाको मृत शरीर कोसीको भङ्गालोमा भेटियो « Khabarhub

डाक्टर कोइरालाको मृत शरीर कोसीको भङ्गालोमा भेटियो


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

इनरुवा – सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोसीको भङ्गालोमा १० दिनदेखि बेपत्ता भएका डाक्टर प्रज्वल कोइरालाको मृत शरीर आज फेला परेको छ ।

झापाको दमक नगरपालिका–१ का डा प्रज्वल कोइराला उदयपुरको बेलका नगरपालिका–८ स्थित एक होटेल अगाडि गाडी राखेर सुनसरी र उदयपुर जोड्ने कोशी पुलमा मोबाइल, जुत्ता राखेर बेपत्ता भएका थिए ।

प्रहरीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको डाक्टर कोइरालाको मृत शरीर सप्तकोसी नदीको भङ्गालो छुटेर टापु बनेको क्षेत्रमा भेटिएको सुरक्षा वेश चतराका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए ।

माछा मार्न गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि गएर हेर्दा डा कोइरालाको फोटोसँग मिल्दो जुल्दो भएको उनले बताए । डाक्टर कोइरालाको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

डा कोइराला भदौ १० गते आइतबार बेलुकी ड्युटी सकेर मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीबाट निस्किएको र सोही दिनको राति २ बजे कोसी पुल नजिकै गाडी राखेर बेपत्ता भएका थिए । प्रेम सम्बन्धमा असफल भएका कारणले कोसीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ८ : ४६ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न