गोली लागेर घाइते भएकी असई चौधरीकी श्रीमतीको मृत्यु « Khabarhub

गोली लागेर घाइते भएकी असई चौधरीकी श्रीमतीको मृत्यु


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । 

सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताएका छन् । 

१० असोजमा उनी गोली लागेको अवस्थामा भेटिएकी थिइन् । महानगरपालिका–४ पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी उनलाई उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

प्रहरी सहायक निरीक्षक चौधरीले बोक्ने पेस्तोलबाट दुई राउन्ड फायर भएको अनुसन्धानबाट खुलेकाे छ । शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको थियो ।

यसबारे थप अनुसन्धान प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : ०२ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द