एनआरएनए महाधिवेशन : रोशन थापाद्वारा पुनः युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा « Khabarhub

एनआरएनए महाधिवेशन : रोशन थापाद्वारा पुनः युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैरआवासीय नेपाली संघ एनआरएनएका युवा उपाध्यक्ष रोशन थापाले युवाहरूको हकहितमा गर्नुपर्ने धेरै काम अधुरै रहेकाले आफूले सोही पदमै उम्मेदवारी दिन लागेको बताएका छन् । थापाले अभियानमा आफूभन्दा धेरै खट्ने अर्को व्यक्ति आए चुनाव नलड्ने पनि बताए ।

‘अभियानमा लामो समयदेखि सक्रिय छु । काम गर्ने क्रममा केही अनुभव पनि बटुलेको छु,’ उनले भने, ‘यो सामाजिक संस्थामा म नै हुनुपर्छ भन्ने छैन । यदि मभन्दा धरै काम गरेका र गर्नसक्ने साथीहरू हुनुहुन्छ र आउनुहुन्छ भने म तगारो भने बन्दिनँ ।’ थापाले आफूलाई निर्वाचित भएर काम गर्ने इच्छा भएको बताए । ‘अहिलेको कार्यकाल त फाटेका मन टाल्न र सिलाउनमै बित्यो । निर्वाचित भएर फेरि काम गर्ने इच्छा छ,’ उनले भने।

अघिल्लो कार्यकालमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएपनि निर्वाचन हुन नसक्दा आफ्नो नाम बहुपदीय प्रणालीमा निर्विरोध सूचना पाटीमा आएको बताए । ‘अघिल्लो कार्यकालमा मैले युवा उपाध्यक्षमा उम्मेदवारी दिएको थिएँ । निर्वाचन प्रक्रियामा पनि भाग लिएको थिएँ । तर, निर्वाचन हुन नसकेर निर्विरोध भनेर सूचना पाटीमा मेरो नाम पनि टाँसियो । त्यसपछि के भयो भन्ने कुरा हामी सबैलाई अवगत नै छ,’ अध्यक्षका प्रत्यासी डा. बद्री केसीले आयोजना गरेको चुनावी सभामा उनले भने, ‘हामीले यो डेढ वर्षे कार्यकाल फाटेको मन टाल्न सिलाउनमै बित्यो । मलाई एक कार्यकाल यहाँहरूबाट निर्वाचित भएर काम गर्न एकदमै मन छ । म संस्थामा काम गरेर देखाउनेछु ।’

उनले एनआरएनएमा गर्नुपर्ने काम धेरै रहेको बताए । आफू निर्वाचित भएर आइसकेपछि युवा तथा विदेशमा हुर्किंदै गरेको दोस्रो पुस्ताका लागि काम गर्ने उनको भनाइ छ । ‘धेरै काम गर्नु पर्नेछ । विशेषगरी युवा विभागका नीति नियमहरु पनि धेरै बनाउनु पर्नेछ । दोस्रो पुस्ताका नेपालीहरूलाई नेपाली भाषा र संस्कृतिसँग जोड्ने कुराहरुदेखि लिएर ठूलो संख्यामा अहिले बाहिर गइरहेका युवालाई मूलधारमा कसरी ल्याउने भन्ने सवाल छ,’ उनले भने ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : ४९ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६