छातीमा असहज भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना « Khabarhub

छातीमा असहज भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् ।

उपप्रधान तथा गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार छातीमा असहज महसुस भएपछि मंगलबार राति उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा लगिएको हो । उनका अनुसार गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ ।

उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।

गृहमन्त्री श्रेष्ठको स्वास्थ अवस्था स्थिर रहेको उनको सचिवालयले जानकारी दिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको सत्ता गठबन्धनको बैठकमा सहभागी भएपछि अस्पताल गएका हुन् ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ५ : १६ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही