नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा « Khabarhub

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज साँझ नुवाकोटको विदुर नगरपालिका- १० शुभघाट आइपुगेको छ ।

गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ काठमाडौँसम्म पैदल जाने क्रममा धादिङको भर्‍याङ भुरुङ हुँदै नुवाकोट आइपुगेको हो । शुभघाटमा आइपुगेको टोलीलाई जिल्लास्थित जनप्रतिनिधि, स्थानीयवासीसहितका सरोकारवालाहरुले भव्य स्वागत गरेका छन् ।

धादिङको शिवदल गणका गणपति प्रमुख सेनानी अशोकराज बराल, उपसेनानी विशाल काजी र नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले शनिबार नुवाकोटको जबरजङ्ग गणका गणपति प्रमुख सेनानी अरुण कार्की र म्यागङ गाँउपालिका ५ का वडाध्यक्ष जीतबहादुर तामाङलाई संयुक्त रुपमा एकीकरण टर्च र्‍याली हस्तान्तरण गरेका थिए ।

नुवाकोटको जबरजङ्ग गणको नेपाली सैनिकले ग्रहण गरेको ‘एकीकरण टर्च र्‍याली’ नुवाकोटको सामरीभञ्याङ स्थित पौवामा आएर विशेष कार्यक्रम पश्चात नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै सामरीभञ्याङ, कागुने, विदुर नगरपालिका–१० शुभघाट आइपुगेको हो ।

र्‍यालीलाई स्वागत गर्न भर्‍याङ भुरुङ र सामरीभञ्याङमा आयोजित स्वागत कार्यक्रममा नेपाली सेनामार्फत् सुरु गरेको अभियान इतिहासको जगेर्ना, पुर्खाले पुराएको योगदानको संरक्षण र मेटिदै जान थालेको तत्कालीन पुरातात्विक, धार्मिक तथा ऐतिहासिक संरचनाको जगेर्ना गरेर पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने स्थानीय रामेश्वर खड्काले बताए ।

नुवाकोटको त्रिशूलीबाट धादिङतर्फ गोर्खा राज्य र काठमाडौँतर्फ कान्तिपुर राज्य भएकाले गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजयी गर्दै नेपाल एकीकरण अभियान सुरु भएको थियो । नुवाकोट विजयीबाट नै विशाल नेपालको निर्माण सम्भव भएको भन्दै गोरखाबाट काठमाडौँसम्मको एकीकरण यात्रा ऐतिहासिक र महत्वपूर्ण रहेको जबरजङ्ग गणका गणपति कार्कीले बताए ।

कान्तिपुर राज्यको अधिनमा रहेको नुवाकोटमाथि विजयी पश्चात नुवाकोटका जनताको साथ लिएर नै पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकासहितका अन्य राज्यमाथि विजयी हासिल गरेकाले उक्त पदमार्गको संरक्षण, पर्यटक प्रवद्र्धन र पुर्खाले पुर्‍याएको योगदानको सम्मान स्वरुप युवा पिँढीमा राष्ट्रभाव उत्पन्न गराउन ‘एकीकरण मार्ग पदयात्रा’ प्रभावकारी हुने नेपाली सेनाले जनाएको छ ।

र्‍यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन् । गोरखा दरबारबाट निकालिएको ‘एकीकरण टर्च’ अर्थात् ‘दिपज्योति’ र्‍यालीमा पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजा संलग्न छ ।

‘एकीकरण टर्च’ र्‍याली आइतबार बिहान शुभघाटबाट केउरिनी चौतारो हुँदै नुवाकोटस्थित साततले दरबार पुग्नेछ । पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएर देशको शासन सञ्चालन चलाएको साततले दरबार परिसरमा आयोजित विशेष स्वागत कार्यक्रम पश्चात ‘एकीकरण टर्च र्‍याली’ काठमाडौँतर्फ लाग्ने छ ।

साततले दरबारबाट धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुँदै पुस २६ मा काठमाडौँतर्फ लाग्नेछ । सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ मा विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १० : ३२ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा