टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर तीन हजार सात सयको मृत्यु « Khabarhub

टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर तीन हजार सात सयको मृत्यु


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर मुत्यु हुनेको सङ्ख्या तीन हजार सात सय पुगेको छ ।

अहिलेसम्म टर्कीमा दुई हजार तीन सय भन्दा धेरै र सिरियामा एक हजार चार सय भन्दा धेरै नागरिकको भूकम्पका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

१४ हजारभन्दा धेरै घाइते भएका छन् । स्थानीय समय अनुसार हिजो राति सबैजना सुतेका बेला ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो ठूलो भूकम्पपछि ७ दशमलव ५ रेक्टर स्केलको अर्को भूकम्प पनि गएको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ।

अहिले उद्धारको काम भइरहेको छ । तर भूकम्पका कारण भत्किएका हजारौं घरभित्र फसेका र पुरिएकाको उद्धारमा कठिनाइ भएको उद्धारकर्ताले बताएका छन् ।

भूकम्प प्रभावित टर्की र सिरियामा सहयोग गर्नको लागि अन्तर्राष्ट्रिय निकायले अपील गरिरहेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ६ : ११ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार