टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर तीन हजार सात सयको मृत्यु « Khabarhub

टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर तीन हजार सात सयको मृत्यु


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर मुत्यु हुनेको सङ्ख्या तीन हजार सात सय पुगेको छ ।

अहिलेसम्म टर्कीमा दुई हजार तीन सय भन्दा धेरै र सिरियामा एक हजार चार सय भन्दा धेरै नागरिकको भूकम्पका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

१४ हजारभन्दा धेरै घाइते भएका छन् । स्थानीय समय अनुसार हिजो राति सबैजना सुतेका बेला ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो ठूलो भूकम्पपछि ७ दशमलव ५ रेक्टर स्केलको अर्को भूकम्प पनि गएको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ।

अहिले उद्धारको काम भइरहेको छ । तर भूकम्पका कारण भत्किएका हजारौं घरभित्र फसेका र पुरिएकाको उद्धारमा कठिनाइ भएको उद्धारकर्ताले बताएका छन् ।

भूकम्प प्रभावित टर्की र सिरियामा सहयोग गर्नको लागि अन्तर्राष्ट्रिय निकायले अपील गरिरहेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ६ : ११ बजे

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु