वार्षीक दुई करोड ४९ लाख ९१ हजार लिटर दूध उत्पादन गर्दै बागलुङ « Khabarhub

वार्षीक दुई करोड ४९ लाख ९१ हजार लिटर दूध उत्पादन गर्दै बागलुङ


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बलेवा– अधिकांश समय बागलुङ दूधमा आत्मनिर्भरजस्तै छ । तर सुक्खा मौसममा यहाँ केही दूध पोखराबाट ल्याउने गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांअनुसार बागलुङमा हरेक वर्ष दुई करोड ४९ लाख ९१ हजार लिटर दूध उत्पादन हुने गर्छ । तर अझै उत्पादन बढाएमा दूधको बिक्रीमा समस्या छैन ।

बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष दीपक गौतमका अनुसार शुद्ध दूध खानका लागि पुगेको जस्तो देखिए पनि दूधका परिकार बनाउने गरी उत्पादन छैन । जसका कारण मिठाइलगायतका परिकार बागलुङमा बन्दैनन् ।

बलेवा र कुश्मीसेरातर्फका केही किसानले पर्वतको कुश्मा लगेर दूध बेच्छन् । यी गाउँबाट सिधै पोखरा पनि दूध पठाउने गरिएको छ । पोखरा सिधै दूध पठाउँदा किसानले राम्रो मूल्य पाउँछन् । तर जिल्ला बाहिर जाने दूध पनि पर्याप्त छैन । दैनिक दुई–चार क्यान बेच्ने किसानले मेहेनतअनुसारको कमाइ पाउन सकेका छैनन् । कतिपय ग्रामीण बजारमा दूध अभाव छ ।

कृषि मन्त्रालयको अध्ययनअनुसार एक जना मानिसलाई वार्षिक ९१ लिटर दूध आवश्यक पर्छ । राष्ट्रियरूपमा निकालिएको लक्ष्यको हिसाब गर्दा बागलुङमा भने प्रतिव्यक्ति ९३ लिटर पुग्ने गरी दूध उत्पादन भइरहेको छ । यहाँका कर्मचारी र बाहिरबाट आएर बस्ने विद्यार्थीसमेतको तथ्यांक जोड्दा त्यो अंक पुग्दैन । त्यसैले दूध उत्पादन बढाउनुपर्ने माग हुन थालेको छ ।

पोखरास्थित सुजल डेरीले त बागलुङका कतिपय ग्रामीण क्षेत्रमा पुगेर दूध उत्पादन बढाउन माग गरिसकेको छ । ‘दूध किनेर हामी लैजान्छौँ, तपाईँहरू उत्पादन गर्नुहोस् भनेका छौँ’, डेरीका सञ्चालक डा लक्ष्मणबहादुर ढकालले भने, ‘दूध उत्पादन गर्न सकेमा बिक्रीको समस्या छैन ।’ 

शुद्ध दूधमात्र उत्पादन गरेर नपुग्ने भन्दै उनले दुग्धजन्य परिकारमा जानुपर्ने धारणा राखे । डेरीको टोलीले जैमिनी नगरपालिकाका किसानसँग अन्तरक्रिया गरेर दैनिक पाँच सय लिटरसम्म दूध पोखरा पठाइदिन आग्रह गरेको छ ।

पर्वतको लुङ्खुलगायतका क्षेत्रमा पनि दूध उत्पादन बढाउन सकेमा पोखरामा सहजै बिक्री गर्न सकिने गरी उद्यमीले खोजी गरेका छन् । स्थानीय किसानले पनि सोहीअनुसार उत्पादनको तयारी गरेको किसान विकास पौडेलले बताए । ‘यसअघि सोझै बजार लैजाने समस्या थियो, सडकले सहज बनाएपछि किसान आर्कषित भएका छन्’, पौडेलले भने, ‘व्यवस्थित कृषि फार्म चलाउन सकियो भने दूध बेच्न समस्या छैन ।’

जैमिनी नगरपालिका-१ का अध्यक्ष विष्णु आचार्यले नगर क्षेत्रभित्रका किसानलाई गाईभैँसी खरिदमा अनुदान बढाउन सकेमा दूध उत्पादन पनि बढ्ने बताए। ‘धेरै दूध दिने गाईहरू भित्र्याएर नियमित संकलन गर्दै बजार पठाउन सकियो भने किसान काम गर्न तयार छन्’, उनले भने, ‘यो अवस्था आएमा पशुफार्मका लागि घाँसको व्यवस्थापनमा पनि पहल गर्छौँ ।’

पछिल्लो समय आएको सुपर नेपयर घाँसले गाईको दूध उत्पादन क्षमता बढाउने, ब्याउने गाईको सुरक्षा हुनेलगायतको फाइदा आएको भन्दै पुराना घाँसभन्दा नयाँ लगाउन ढकालले सिफारिस गराएका छन् । ‘किसानको तत्परता भयो भने प्रतिदिन १२ लिटर दूध दिने गाईलाई ३० लिटरसम्म पुर्‍याउन सकिन्छ’, ढकालले भने, ‘फार्ममा पाल्ने तरिका फेर्दा पनि सुधार हुन्छ ।’ ढकालका अनुसार सिमेन्टको भुइँ बनाउँदा गाईको खुट्टामा घाउ भएर दूध घटाउने गरेको, तनावका कारण गाई ब्याउने दर घटेको जस्ता अनुभव उनले सुनाए। ग्रामीण क्षेत्रमा सिमेन्टको भन्दा माटोकै भकारोमा राख्न उनले सुझाए । 

बागलुङको ताराखोलामा लिमेपाराकोटे जातको भैँसी संरक्षण अभियानले पनि दूध उत्पादनमा बढोत्तरी दिएको छ । तर सडक अभावले ताराखोलाका किसानले भने समयमा बजारमा दूध पठाउन नसकेको बताए । ‘समयमै दूध बजार पुग्ने भए किसानले उत्पादन बढाउन चाहेका छन्’, स्थानीय प्रमानन्द गौतमले भने, ‘उत्पादनलाई बजारीकरणमा राज्यले साथ दिनुपर्छ ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १ : ४२ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन