सेयर बजारमा १४.४१ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा १४.४१ अंकको वृद्धि


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अंकले घटेर ३७०.२४ मा पुगेको छ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा साल्ट ट्रेडिङ शीर्ष स्थानमा छ। यसको १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालय डिष्टिलरीको ९ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ। 

यसैगरी तेश्रो स्थानमा छिमेकी लघुवित्त वित्तिय संस्थाको ५ करोड ४५ लाख बढिको कारोबार भएको छ । मंगलबार १३ उपसुचकहरु मध्ये निर्माण र प्रशोधन र म्युचुअल फण्ड बाहेक सबैको कारोबार रकम बढेको छ । 

आजको कारोबारमा सुभम पावरको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन् भने सुपर मादी हाइड्रो पावरको ९.९७ प्रतिशत र सिद्धार्थ लगानी वृद्धि आयोजनाको ८.०२ प्रतिशतले वृद्धि भएको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ३ : ४८ बजे

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय

कस्तो रहला आज रातिको मौसम ?

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न भू-भागमा

रसुवा बाढीका कारण १० प्रतिशत विद्युत् क्षमता प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै