स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले महिला स्वास्थ्यका देखिएका समस्या र ती समस्यालाई समाधान गर्नका लागि सम्मेलन आयोजना गर्न थालिएको जानकारी दिए। 

उनका अनुसार यही फागुन २५ र २६ गते सम्मेलन हुनेछ । सम्मेलन महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा केन्द्रित हुने उनको भनाइ छ । सम्मेलनमा यौन, तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोरकिशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय साहयता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणसम्बन्धी विषयमा छलफल हुने उनले जानकारी दिए।

विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले महिला स्वास्थ्यमा प्राप्त भएका उपलब्धि, चुनौती तथा अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्यांकको सम्मेलनमा छलफल हुने बताए । महिला स्वास्थ्यको विषयलाई विस्तार गर्न र सशक्त बनाउनका लागि अनुसन्धान, क्षमता, अभिवृद्धि, नीति निर्माण र पैरबीबीच अन्योन्याश्रित सम्बन्धलाई थप बलियो बनाउनका लागि सम्मेलन आयोजना गर्न लागिएको उनले बताए । 

सम्मेलनमा महिला स्वास्थ्यबारे ८५ वटा कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनमा देशभरिका महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैरसरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका तीन सयभन्दा बढी प्रतिनिधिको  सहभागी हुनेछ । सम्मेलनमा महिला स्वास्थ्यका विषयमा कार्यरत अनुसन्धानकर्ता, विद्धान, एवम् विज्ञ र कार्यक्रमका कार्यन्वयनकर्ताबाट उपलब्ध भएका तथ्यांक, तथ्य, सिकाइ र दृष्टिकोणलाई छलफल गरिनेछ । 

यस्तै महिला स्वास्थ्य क्षेत्रमा भएका नवीन प्रयास र सफलतालाई पनि छलफल गरिने छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ४ : ०८ बजे

एमालेको दोस्रो विधान महाधिवेशन : सबै तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आगामी भदौ

धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ – मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी

कोशी प्रदेशको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’

काठमाडौं– कोशी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पि स्किन

जीएसआईमा नेपालको समर्थनबारे संसद्‌मा मागियो सरकारको जवाफ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले चीनको ‘ग्लोबल सेक्युरिटी

भरूवा बन्दुकसहित एक जना पक्राउ

संखुवासभा– पाँचखपन नगरपालिका-४ घतानी गाउँ बस्ने ४३ वर्षीय राम बहादुर श्रेष्ठलाई