वैदेशिक रोजगार न्यायाधीकरणद्वारा संघका अध्यक्ष भण्डारीलाई ६ महिना कैदको फैसला « Khabarhub

वैदेशिक रोजगार न्यायाधीकरणद्वारा संघका अध्यक्ष भण्डारीलाई ६ महिना कैदको फैसला


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालकसमेत रहेका भण्डारीलाई वैदेशिक रोजगार कसुरमा दोषी ठहर गर्दै वैदेशिक रोजगार न्यायाधिकरणले मंगलबार यो फैसला सुनाएको हो।

भण्डारीलाई दुबईस्थित रोजगारदाता कम्पनी ‘टिम फर्निचर’ को लट नं.९२३३३ बाट ११ जना कामदार पठाउन वैदेशिक रोजगार विभागबाट स्वीकृति प्राप्त गर्दा नक्कली कागजात पेश गरेको कसुरमा मुद्दा परेको थियो । उक्त कागजात खडा गर्नका लागि प्रेस सञ्चालक महर्जनको समेत संलग्नता भएको ठहर गर्दै न्यायाधिकरणले उनीहरूलाई दोषी किटान गरेको हो।

न्यायाधिकरणका अध्यक्ष रमेशकुमार खत्री र सदस्यहरू निशा बानियाँ र गोपीचन्द्र भट्टराईको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो।

 त्यसैगरी न्यायाधिकरणले यही मुद्दामा प्रेस सञ्चालक शेरबहादुर महर्जनलाई ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ४ : २४ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र