वर्ल्ड र्‍याङ्किङ जि-२ बुल्गेरिया ओपन क्यारोगीकाे निर्णायकमा खड्का « Khabarhub

वर्ल्ड र्‍याङ्किङ जि-२ बुल्गेरिया ओपन क्यारोगीकाे निर्णायकमा खड्का


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले वर्ल्ड र्‍याङ्किङ जि -२ बुल्गेरिया ओपन क्यारोगी प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।

सो प्रतियोगिता बुल्गेरियाको सोफियामा मार्च ३ देखि ५ तारिखसम्म सम्पन्न भएको हो । अशोक दक्षिण एसियाबाट एक मात्र निर्णायकको रुपमा सो प्रतियोगितामा रहेका थिए । वर्ल्ड र्‍याङ्किङ जि २ क्यारोगीतर्फ अशोकले १९ फाइट खेलाए । जसमा तीन फाइनल र चार सेमिफाइनल छन् ।

खड्काले सोमबार राति पुम्सेतर्फका खेल पनि सञ्चालन गरेका थिए। उनी पुम्से विधाका समेत अन्तर्राष्ट्रिय निर्णायक हुन् । खड्का क्यारोगी, पुम्से र पारा तीन वटै विधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका छन् । क्यारोगीतर्फ अशोकलाई दोस्रो क्लासका अन्तर्राष्ट्रिय निर्णायकको मान्यता छ ।

गतवर्ष विश्व तेक्वान्दोमा निर्णायकको भूमिका निर्वाह गरिसकेका अशोकले हालसम्म २१ वटा अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गरिसकेका छन् । बेल्जियम ओपन, स्विडिस ओपन, अस्ट्रेलियन ओपन जस्ता वर्ल्ड र्याकिङ प्रतियोगितामा पनि सर्वश्रेष्ठ निर्णायक घोषित भइसकेका अशोक पारा रेफ्री कोर्स गर्ने नेपाली तेक्वान्दोकर्मीमध्ये एक हुन् ।

गतवर्ष युवा तथा खेलकुद मन्त्रालयले एक लाख पुरस्कारसहित ‘उत्कृष्ट रेफ्री’का रूपमा अशोकलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ५ : ४१ बजे

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय