शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार र आयोग जिम्मेवार हुन आवश्यक « Khabarhub

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार र आयोग जिम्मेवार हुन आवश्यक


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र पीडितलाई न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोग जिम्मेवार हुन आवश्यक रहेको बताएको छ। 

 मंगलबार एसोसिएसनका महासचिव अधिवक्ता अन्जिता खनाल र अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेद्वारा जारी विज्ञप्तिमा सरकार र गठित आयोगहरू नै जिम्मेवार हुन आवश्यक रहेको बताइएको छ । 

त्यसैगरी यस विषयलाई लिएर विवाद सिर्जना हुनेगरि भ्रमपूर्ण अभिव्यक्तिहरू प्रकाशित भएको भन्दै ध्यानाकर्षण भएको पनि जनाएको छ। ती निकायहरूलाई प्रभावित हुनेगरि यस्ता गतिविधि नगर्न, नगराउन पनि एसोसिएसनले आग्रह गरेको छ। 

आजै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर मंगलबार बिहान सर्वोच्चमा प्रचण्डविरुद्ध रिट दायर गरेका हुन्।

गत शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो। प्रचण्डलाई पक्राउ गरी फौजदारी अभियोगमा छानबिन गरी कारवाही हुनुपर्ने आदेश माग गर्दै रिट परेको हो।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ६ : ०५ बजे

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी