मुस्ताङमा कलेज खोल्न स्वीकृति दिएको छैन : प्रधानमन्त्री « Khabarhub

मुस्ताङमा कलेज खोल्न स्वीकृति दिएको छैन : प्रधानमन्त्री


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्ला दिनमा मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको भनेर गरिएको प्रचारमा सत्यता नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले  मुस्ताङको एक स्थानीय तहले विश्वविद्यालय नभई कलेज खोल्नका लागि आग्रह गरेको भन्ने आफूले थाहा पाएको भए पनि नेपाल सरकारको तर्फबाट कहीँकतै स्वीकृति नदिएको बताएका हुन् ।

मुस्ताङको चर्चा आउने बित्तिकै हामी सबै नेपाली संवेदनशील हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यहाँ रहेको खनिजको उपयुक्त प्रयोग गरिए देशमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने बताए । केही दिन पहिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न अनुमति दिएको आरोपलगाएका थिए ।

सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विश्वविद्यालय खोल्न कुनै निर्णय नभएको र त्यसको छानबिन गरिने बताएका थिइन् ।  मुस्ताङमा मात्रै नभई देशका अन्य स्थानमा समेत महत्त्वपूर्ण खनिज पदार्थ रहेकाले त्यसलाई उपयुक्त रूपमा उपयोग गरिने प्रधानमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ६ : २७ बजे

वन्यजन्तु पीडित किसानलाई राहत दिने गुल्मीदरबारको नीति

गुल्मी- गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले वन्यजन्तुको सङ्ख्या वृद्धि भएकाले मानव–वन्यजन्तुबीचको

‘हामी आफ्नै नेतालाई बा र दाइ भनेर बिग्रियौँ, पार्टीभित्र गलत हुँदा लड्नुस्, प्रश्न गर्नुस्’

चितवन– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रास्वपाले प्रतिशोधको राजनीति गर्दैन : सभापति लामिछाने

भरतपुर (चितवन)- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

बालेनले स्वीकारे अख्तियारमा सरकारी हस्तक्षेप, भने : पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ

काठमाडौं- संवैधानिक आयोगमध्ये सबैभन्दा शक्तिशाली अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरकारको