जनताको जीवनसँग जोडिएका मुद्दा अघि बढाउन सञ्चारमन्त्री शर्माको निर्देशन « Khabarhub

जनताको जीवनसँग जोडिएका मुद्दा अघि बढाउन सञ्चारमन्त्री शर्माको निर्देशन


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य रेखा शर्माले जनताको जीवनसँग जोडिएका मुद्दालाई प्रभावकारीरूपमा अघि बढाउन पार्टीका कार्यकर्तालाई निर्देशन दिएकी छन् ।  

धादिङको गल्छी गाउँपालिका र धुनीबेँसी नगरपालिकाका कार्यकर्तासँगको भेटमा मन्त्री शर्माले सो निर्देशन दिएको उनका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए । ‘हामी सकारको नेतृत्व गरिरहेका छौँ, बागमतीलगायत केही प्रदेशको पनि नेतृत्व गरेका छौँ’, उनले भने, ‘कयौँ पालिका र वडा तहमा पनि हामीले नेतृत्व गरेका छौँ, यो बेलामा जनताले हामीबाट धेरै आशा गरेका छन् ।’

पार्टी र सरकारसम्म जनताका आवाज पुर्‍याउने मुख्य भूमिका स्थानीयस्तरका नेता कार्यकर्ताको हुने भएकाले यसलाई प्रभावकारीरूपमा अघि बढाउन नेता कार्यकर्ता निःस्वार्थ र सेवा भावसहित लाग्नुपर्ने मन्त्री शर्माको भनाइ छ । ‘हामी जनताकै जीवन परिवर्तनका लागि आफ्नो जीवनको समेत पर्वाह गरी राजनीतिमा लागेका छौँ, हामीसँगैका कयौँ साथी सहिद हुनुभयो’, उनले भनिन्,’हामी जो जसले जे जिम्मेवारी पाएका छौँ, सहिदका सपना र जनताको भावनालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।’

अहिले शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले यसैमा टेकेर नेतृत्व र पार्टीमाथि प्रहार गर्न थालिएको उल्लेख गर्दै मन्त्री शर्माले जतिसक्दो चाँडो शान्ति प्रक्रियालाई पूर्णता दिने काममा सरकार लागेको बताइन्। पार्टी र नेतृत्वमाथि विभिन्न कोणबाट भइरहेका प्रहारबाट हतोत्साहित नहुन कार्यकर्तालाई आग्रह गर्दै उनले पार्टी र नेतृत्व अझ मजबुत भएर अघि बढ्ने पनि बताइन् ।

सो क्रममा माओवादी केन्द्र धुनीबेँसीका अध्यक्ष राजकुमार पाठक, गल्छीका अध्यक्ष रामशरण सेन्चुरीलगायतले मन्त्री शर्मालाई पार्टी गतिविधिबारे अवगत गराउँदै धादिङमा पार्टीको अवस्था सुदृढ बन्दै गएको उल्लेख गरेका थिए । 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ६ : ३८ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण