‘अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने तरिकामा ट्रम्प दोषी’ « Khabarhub

‘अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने तरिकामा ट्रम्प दोषी’


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेपछि अमेरिकी सेना फिर्ता गर्ने तरिकाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष लगाएको छ।

नयाँ रिपोर्टका अनुसार जो बाइडेन ट्रम्प प्रशासनले लिएको सो निर्णयबाट खुसी थिएनन्। यसमा सन् २०२० मा तालिबानसँग युद्ध अन्त्यका लागि भएको सम्झौता पनि समावेश छ।

 प्रतिवेदनमा भनिएको छ कि तालिबानले सत्ता ग्रहण गर्नुअघि नै सर्वसाधारणलाई बाहिर निकाल्ने काम सुरु गरिसक्नु पर्थ्यो। तर वाइडेन आए पछि बनाइएको सो  प्रतिवेदनमा प्रतिक्रिया दिँदै ट्रम्पले भने बाइडेन प्रशासनले गलत सूचना फैलाइरहेको छ।

अगस्ट २०२१ मा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको थियो । अमेरिकाले १ लाख २० हजार भन्दा बढी मानिसहरूलाई तुरुन्तै अफगानिस्तानबाट निकाल्ने कार्य गर्‍यो, सो क्रममा १३ अमेरिकी सैनिक र लगभग १ सय २० अफगान नागरिकहरूले ज्यान गुमाउनु परेको थियो । 

 विदेश मन्त्रालय र पेन्टागनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयहरूको समीक्षा गरेका छन्। यो समीक्षा प्रतिवेदन गोप्य रुपमा संसद्मा पठाइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ११ : ०३ बजे

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा