मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीबीच एकताको घोषणा « Khabarhub

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीबीच एकताको घोषणा


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकताको घोषणा भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका शीर्ष नेताहरुले एकताको घोषाण गरेका हुन् । आगामी अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीको नयाँ नाम र दृष्टिकोण सार्वजनिक गर्ने सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले नेपालको सामाजिक क्रान्तिका साथ जनताका ज्वलन्त समस्या समाधानका र सामन्तवादका अवेशषहरुलाई अन्त्य गर्नका लागि अघि बढ्ने बताए । उनले अन्य कम्युनिष्ट घटकहरुलाई पनि एक ठाँउमा ल्याउनका लागि छलफल भइरहेको धारणा राखे ।

त्यस्तै, नेकपा बहुमतका संयोजक बास्तोलाले देशको समस्या समाधानका लागि एकतावद्ध भएर अघि बढ्ने बताए । उनले आगामी अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनमा पार्टीको नाम घोषणा हुने जानकारी दिए ।

उनले नयाँ जनवाद आधारभूत कार्यक्रमका साथ पार्टी अघि बढ्ने बताए । परिवर्तनका लागि क्रान्ति गर्नका लागि अब अघि बढ्ने उनको भनाइ छ ।

उनले विगतमा भएका फुट र त्यसपछिको एकताका विषयमा गहन ढंगले छलफल भइरहेको बास्तोलाले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ५ : ०९ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ