वैदेशिक रोजगारीमा मृत्यु भएकाहरुको सूचना बेच्ने सरकारी कर्मचारी पक्राउ | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा मृत्यु भएकाहरुको सूचना बेच्ने सरकारी कर्मचारी पक्राउ


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी रहेका छन् ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले बताए ।

उनले भने, “वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका छ जना पक्राउ गरी आज सार्वजनिक गरेपछि उनीहरुले दिएको बयानका आधारमा हामीले अधिकारीलाई पक्राउ गरेका हौं ।”

अधिकारीसहित सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक डा. केसीले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : १९ बजे

निर्माणाधिन सडक योजनाका लागि १६ करोड बजेट विनियोजन

पर्वत– पर्वतमा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि

पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर

कास्की– पोखरा महानगरपालिकाले देशकै पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी

आज ‘प्रपोज डे’ : आफ्नो मायालुलाई यसरी राख्नुस् प्रेम प्रस्ताव

काठमाडौं – अहिले ‘भ्यालेन्टाइन वीक’ चलिरहेको छ । ७ फेब्रुअरीबाट १४

आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा 

काठमाडौं– एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच

आज भीमा एकादशी व्रत, भगवान विष्णुको पूजाआराधना गरिँदै

काठमाडौं– माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान्