विस्तार हुँदै स्वास्थ्य बीमा सेवा « Khabarhub

विस्तार हुँदै स्वास्थ्य बीमा सेवा


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डको सेवा ७७ जिल्ला र सात सय ४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार सेवा विस्तारमा बिर्डले विषेश ध्यान दिएको छ ।

स्वास्थ्य बीमाबारे आज आयोजित अन्तरक्रियामा निर्देशक बसौलाले बीमा सङ्ख्या विस्तार हुने क्रम बढ्दै गएको बताएका छन् । उनले बीमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि सबै तह, निकाय जिम्मेवारी हुनुपर्नेमा जोड दिए । “आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सञ्चालन भइरहेको बीमा सबैको साझा रहेकाले यसको प्रवद्र्धन गर्न सबै जिम्मेवार हुनुपर्दछ”, उनले भने ।

काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रथम सेवा बिन्दुको अभावमा स्वास्थ्य बीमा कार्यक्रम लागू नभएकामा सम्बन्धित अधिकारीसँग छलफल भएको र अब छिट्टै सञ्चालनमा आउने उनले बताए । बीमा कार्यक्रमलाई प्रवद्र्धन गर्न बोर्डले ११ मध्ये १० कार्यविधि तयार पारी कार्यान्वयनमा लगेको उनको भनाइ छ । बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले विसं २०७२ चैत २५ गतेदेखि सञ्चालनमा आएको बीमा कार्यक्रम यही चैत १५ सम्म कूल बीमित जनसङ्ख्या ६४ लाख ५४ हजार सात सय ७२ र सूचीकृत सेवा प्रदायक स्वास्थ्य संस्था चार सय ५६ रहेको बताए ।

गरिबी वर्गको सूचीकरण, नवीकरण नर्सिङ महाशाखाले गर्दै आएको र अति विपन्न परिवारलाई बीमाको दायराभित्र ल्याउन विपन्न नागरिक औषधि उपचार कार्यक्रमको निर्देशिका परिमार्जन गर्ने प्रक्रिया अगाडि बढेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कूल बीमित जनसङख्यामध्ये हाल सेवा लिनेको सङ्ख्या २८ लाख ९३ हजार पाँच सय ७२ रहेका छन् ।

लक्षित वर्गको आबद्धतामा अति गरिब बीमित जनसङ्ख्या चार लाख ९८ हजार सात सय २२ र ज्येष्ठ नागरिक सात लाख ७७ हजार आठ सय १६ रहेका छन् । एच।आई।भी एड्स सङ्क्रमित बीमित सङ्ख्या परिवारका सदस्यसहित ३२ हजार पाँच सय ३०, अति अशक्त अपाङ्ग बीमित एक लाख २२ एक सय ५४, कुष्ठरोग सङ्क्रमित बीमित तीन हजार दुई सय ४२, टिबी बीमित तीन हजार १७ जना र महिला स्वास्थ्य स्वयं सेविका बीमित एक लाख नौ हजार छ सय सात जना रहेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : ४८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल