कारागारबाट भागेका कैदी १९ वर्षपछि पक्राउ « Khabarhub

कारागारबाट भागेका कैदी १९ वर्षपछि पक्राउ


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – उन्नाइस वर्षअघि कारागारबाट भागेका म्याग्दीका एक कैदी पक्राउ परेका छन् । जिल्ला अदालत म्याग्दीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका धवलागिरि गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मीप्रसाद बुढा ९लक्षीना० लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले यही वैशाख २१ गते पक्राउ परेका बुढालाई बाँकी कैद कट्टा गर्नका लागि अदालतको आदेशानुसार कारागार चलान गरिएको आइतबार जानकारी दिए । बुढालाई विसं २०५९ फागुन १५ गते म्याग्दी जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो ।

विसं २०५७ फागुन १ देखि २०६० चैत ७ गतेसम्म तीन वर्ष दुई महिना सात दिन कैद भुक्तान गरेका थिए । उनले थप १७ वर्ष १० महिना २३ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ । विसं २०६० चैत ७ गते भएको बेनी भिडन्तका क्रममा कारागारबाट भागेका बुढालाई विशेष सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : ४२ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित