कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने पक्राउ « Khabarhub

कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने पक्राउ


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ –  नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा नगरपालिका–१० घर भई काठमाडौँको नयाँबसपार्क बस्ने ३१ वर्षीय सुदीप लामा तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कार्यालयका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले वैदेशिक रोजगारीका लागि प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरमा दुई लाख तलबमा काम लगाइदिन्छु भनी रु ३१ लाख ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी  दिए ।

तीनजना पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए। पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : ०१ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित