पुराना उपकरण प्रयोग गरेपछि मात्र नयाँ उपकरण किन्न मन्त्री बस्नेतको निर्देशन « Khabarhub

पुराना उपकरण प्रयोग गरेपछि मात्र नयाँ उपकरण किन्न मन्त्री बस्नेतको निर्देशन


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पुरानो उपकरण बनाएर प्रयोग गरेर मात्र नयाँ उपकरण किन्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा आज यहाँ कर्मचारीलाई निर्देशन दिँदै उहाँले पुराना उपकरण बनाएर मात्र नयाँ उपकरण किन्न निर्देशन दिए । “उपकरण खरिद गरिएर राखिएका मात्र छन् । प्रयोग गरिएका छैनन् । नयाँ उपकरण किन किन्नुप¥यो ?” उनले भने, “अहिले भएका पुराना उपकरण के कस्ता कहाँ रहेका छन् । तिनीहरू बनाएर प्रयोग नगरेसम्म खरिद प्रक्रियामा जानु हुँदैन ।”

उनले एक हप्ताभित्र पुराना उपकरणको अवस्थाबारे आफूलाई जानकारी गराउनसमेत निर्देशन दिए। उनले स्वास्थ्य मन्त्रालयल संवेदनशील भएकाले जभाभावी बिदामा पनि नबस्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री बस्नेतले आफू सफल हुनु भनेको कर्मचारीले राम्रो काम गरेपछि हुने भन्दै कर्मचारीलाई दत्तचित्त भएर काम गर्न आग्रह गरे । “म सफल हुने भनेको तपाईंहरूले काम गरेर मात्र हुने हो”, उनले भने, “तपाईंहरूले आफ्नो कर्तव्य पालन भएर काम गर्नुपर्दछ । आन्तरिक काम तपाईंहरूले गर्ने हो । म टिमको नेतृत्व गरेर काम गर्दछु ।”

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : ४१ बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर