कक्षा ११ मा भर्नाको अवधि कम्तिमा १५ दिन राख्न काठमाडौँ महानगरको आग्रह « Khabarhub

कक्षा ११ मा भर्नाको अवधि कम्तिमा १५ दिन राख्न काठमाडौँ महानगरको आग्रह

छात्रवृत्तिको विवरण पठाउन निर्देशन


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले महानगरभित्रका शिक्षण संस्थाहरूलाई कक्षा ११ मा विद्यार्थी भर्ना लिँदा कम्तीमा नतिजा प्रकाशित भएको १५ दिनसम्मको समय राख्न आग्रह गरेको छ । 

महानगर अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गर्दै देशका टाढा तथा दुर्गम क्षेत्रबाट काठमाडौँ आउने विद्यार्थीहरूले आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै सो अवधिको भर्ना कार्यक्रम तय गर्न आग्रह गरेको हो ।

महानगरले शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधि राख्दा दुर्गम क्षेत्रका विद्यार्थीलाई असर पर्ने भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध पनि गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको एसईईको नतिजा हिजो प्रकाशित गरेको छ ।

यस्तै, काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारणको जानकारी पठाउन पनि शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ । 

महानगरपालिकाले महानगर अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९–८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या र विवरण असार मसान्तभित्र पठान पनि सूचित गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : ५६ बजे

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

हेटौँडा– लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्ने क्रम

झरीपछि खुलेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं– चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौं उपत्यकाको मौसम

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा