म्याग्दीका स्थानीयको बाख्रापालनमा आकर्षण « Khabarhub

म्याग्दीका स्थानीयको बाख्रापालनमा आकर्षण


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाले ।

उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाइरहेका छन् । सुरुमा १७ स्थानीय र चार अष्ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गरेका उनले अहिले एक सय २० बाख्रा पालेका छन् ।

बुढाथोकीले मात्रै होइन २६ परिवारको बसोबास रहेको खानीगाउँका सबै व्यावसायिकरुपमा बाख्रापालनमा होमिएका छन् । गाउँको नाम नै खानीगाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ ।

हरेकका घरमा बाख्राको व्यवस्थित खोर बनाइएको छ । तीन वर्षयता बुढाथोकीले बाख्रा र बोका बिक्री गरेर वार्षिक १० लाख रुपैयाँ आम्दानी गरेको बताए ।

‘विदेशबाट फर्किएपछि ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म खोले’, उनले भने । बाख्रापालन मात्रै होइन बुढाथोकीले अहिले व्यावसायिक तरकारी खेतीसमेत गर्दै आएका छन् । उनले सुन्तलाका तीन सय बिरुवासमेत लगाएका छन् । ‘वार्षिक १५ लाख आम्दानी गर्ने लक्ष्य छ’, उनले भने ।

विदेशमा सिकेको सीपको सदुपयोग गर्दै बाख्रापालन व्यवसाय र कृषि उद्यम थालेको ४८ वर्षीय बुढाथोकीले बताए । सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा परिवर्तन आएको उनको अनुभव छ ।

बुढाथोकीको सिको गरी गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रापालनमा लागेको छ ।

विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिङ्गो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन गरिँदै आएको छ ।

विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ ।

बाख्रापालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँच वर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफूल खेतीबाट लाखौँ भित्रिने स्थानीय बताउँछन् ।

खानीगाउँका कृषकले खेर गएको जमिनमा सुन्तला खेतीसहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राइखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाएका छन् ।

मङ्गला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ । गुप्तेश्वर कृषक समूहमा हाल ३४ कृषक आबद्ध छन् । उनीहरुले ६ सयभन्दा बढी बोका, बाख्रा र पाठापाठी पालेका छन् ।

्गाउँपालिकाले उनीहरुलाई २२ लाख रुपैयाँ अनुदानसमेत दिएको गाउँपालिकाका प्रवक्ता एवं कुहुँका वडाध्यक्ष एकजित रोकाले बताए ।

मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई कृषि र पशुपालनमा नमूना गाउँ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएको बताए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : ०२ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका