हुलाकी सडक निर्माण सुस्त गतिमा | Khabarhub Khabarhub

हुलाकी सडक निर्माण सुस्त गतिमा


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा हुलाकी सडक निर्माण सुस्त बनेको छ । झण्डै ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण कम्पनीको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो ।

ठेक्का सम्झौताको थपिएको म्याद पनि सकिन लागेको छ । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको २३ दशमलव पाँच किलोमिटर अझै कालोपत्र गर्न बाँकी छ ।

कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको सो हुलाकी सडक निर्माणको २०७३ फागुनमा सम्झौता भएको थियो ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारका अनुसार पाँचौँ पटक थप भएको म्याद यही असार मसान्तमा सकिँदै छ ।

तीन प्याकेजमा निर्माण गर्न सम्झौताको पहिलो प्याकेज (डोके बजारदेखि बेलौरीसम्म) २० किलोमिटर सडक सम्पन्न भएको छ । उनले विगतमा झै म्याद थपका लागि संशोधन भएर नआए निर्माण व्यवसायीलाई कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए ।

‘यसअघि एक वर्ष म्याद थपिएको हो’, इन्जिनियर सुनारले भने, ‘यस पटक कारबाहीको प्रक्रियामा जाने सम्भावना छ ।’ पहिलो प्याकेजको निर्माण ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले पाँचौँ पटक थपिएको म्यादभित्र रहेर सम्पन्न गरेको छ ।

त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ । उक्त कामको जिम्मा रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ ।

सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न दिएको छैन ।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटरमध्ये साढे नौ किलोमिटर सडक मात्रै कालोपत्रे भएको इन्जिनियर सुनारले जानकारी दिए ।

‘दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय असार मसान्तसम्म तोकिएको छ’, उनले भने, ‘ठेक्का सम्झौता भएयता ३८ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ ।’

निर्माणाधीन सडकमा पर्ने स्थानीय पालिका र स्थानीयवासीले समयमा निर्माण सक्न पटक–पटक दबाब दिए पनि सुनुवाइ भएन । यहाँको बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषराम राना निर्माण कम्पनीको ढिलासुस्तीले सडक नबनेको बताए ।

उनले पचुँइ गाउँको सडक लामो समयदेखि आफ्नै भूमिमा पर्ने र सोहीअनुसार प्रयोग गरेपनि भारतीय पक्षले एक हजार दुई सय मिटर सडक बनाउन रोकेको बताए । सो क्षेत्रमा भारतले बिजुलीका पोलसमेत गाड्न दिएको छैन ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १० : ०२ बजे

सूर्यविनायक–धुलिखेल सडक विस्तार (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर  सडकको ६

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल– काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका

वडामै योजना सम्झौता : समय र खर्चको बचत

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि

च्याम्पियन्स ट्रफीः सधै विवादमा भारत भर्सेस पाकिस्तान

यस पटकको च्याम्पियन्स ट्रफी क्रिकेट फरक शैलीमा हुने भएको छ।

माधवनारायणका व्रतालुले आज दोस्रो परदेश यात्रा गर्दै

काठमाडौं– काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका