एलओडीका सञ्चालक रुदिल पनि पक्राउ « Khabarhub

एलओडीका सञ्चालक रुदिल पनि पक्राउ


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको ठमेलमा सञ्चालित चर्चित नाइट क्लब एलओडीका रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ परेका छन् ।

नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा उनलाई आज पक्राउ गरिएको हो । यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका थिए ।

ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर ललितपुर प्रहरी परिसरले उनीहरूलाई पक्राउ गरेको हो ।

जेठ ३१ गते एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ उल्लंघन गरेको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ११ : ४४ बजे

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

हेटौँडा– लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्ने क्रम

झरीपछि खुलेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं– चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौं उपत्यकाको मौसम

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र