एलओडीका सञ्चालक रुदिल पनि पक्राउ « Khabarhub

एलओडीका सञ्चालक रुदिल पनि पक्राउ


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको ठमेलमा सञ्चालित चर्चित नाइट क्लब एलओडीका रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ परेका छन् ।

नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा उनलाई आज पक्राउ गरिएको हो । यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका थिए ।

ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर ललितपुर प्रहरी परिसरले उनीहरूलाई पक्राउ गरेको हो ।

जेठ ३१ गते एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ उल्लंघन गरेको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ११ : ४४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र