पहिरोले कृषि सडक पाँच दिनदेखि अवरुद्ध « Khabarhub

पहिरोले कृषि सडक पाँच दिनदेखि अवरुद्ध


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरास्थित बागलुङ बसपार्कदेखि जामुनाबोट–मेथलाङ हुँदै नौडाँडा जोड्ने कृषि सडक खण्ड पाँच दिनदेखि अवरुद्ध भएको छ ।

यही असार १७ गते राति परेको अविरल वर्षासँगै पोखरा महानगरपालिका–१८ गैरीस्वारा भिरमा गएको पहिराका कारण सो सडक खण्ड अवरुद्ध भएको हो ।

गैरीस्वाराको जङ्गलबाट ठूलो चट्टानसहित खसेको पहिराले लगभग एक सय मिटर ढाकेको सडक खुलाउने प्रयास भइरहेको पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनले भने, ‘सडक पूरै चट्टानले ढाकेको छ, पन्छाउँदा माथिल्लो क्षेत्रमा चर्केको अवस्थामा रहेको जङ्गल सहितको भाग खस्ने उच्च जोखिम छ ।’

पोखरा महानगरपालिकाको क्रमागत योजनाअन्तर्गत निर्माण भइरहेको पोखरा–बागलुङ राजमार्गको नौडाँडा जोड्ने करिब २० किलोमिटर दूरीको कृषि सडक एकतर्फी नालासहित कालोपत्र भइरहेको छ ।

उक्त सडक अवरुद्ध भएसँगै पधेँली–खड्का थर कच्ची बाटोबाट यातायात सञ्चालन भइरहेको जनाउँदै उनले वर्षाका कारण कमजोर अवस्थाको उक्त साँघुरो सडक जोखिमपूर्ण रहेको बताए ।

लामो समयसम्म पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसक्दा स्थानीय उत्पादनको बिक्री वितरणका लागि पोखरा बजारसम्म आवतजावतमा समस्या परेको स्थानीय बासिन्दाले बताएका छन् ।

सोही राति चङ्खपुरको समरखुमा गएको पहिराका कारण अवरुद्ध भएको लेकसाइड–पामे–घाटीछिना सडक महानगरका प्राविधिकसहित आवश्यक उपकरण प्रयोग गरेर सञ्चालन गरिएको वडाअध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १२ : ३७ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द