पहिरोले कृषि सडक पाँच दिनदेखि अवरुद्ध « Khabarhub

पहिरोले कृषि सडक पाँच दिनदेखि अवरुद्ध


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरास्थित बागलुङ बसपार्कदेखि जामुनाबोट–मेथलाङ हुँदै नौडाँडा जोड्ने कृषि सडक खण्ड पाँच दिनदेखि अवरुद्ध भएको छ ।

यही असार १७ गते राति परेको अविरल वर्षासँगै पोखरा महानगरपालिका–१८ गैरीस्वारा भिरमा गएको पहिराका कारण सो सडक खण्ड अवरुद्ध भएको हो ।

गैरीस्वाराको जङ्गलबाट ठूलो चट्टानसहित खसेको पहिराले लगभग एक सय मिटर ढाकेको सडक खुलाउने प्रयास भइरहेको पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनले भने, ‘सडक पूरै चट्टानले ढाकेको छ, पन्छाउँदा माथिल्लो क्षेत्रमा चर्केको अवस्थामा रहेको जङ्गल सहितको भाग खस्ने उच्च जोखिम छ ।’

पोखरा महानगरपालिकाको क्रमागत योजनाअन्तर्गत निर्माण भइरहेको पोखरा–बागलुङ राजमार्गको नौडाँडा जोड्ने करिब २० किलोमिटर दूरीको कृषि सडक एकतर्फी नालासहित कालोपत्र भइरहेको छ ।

उक्त सडक अवरुद्ध भएसँगै पधेँली–खड्का थर कच्ची बाटोबाट यातायात सञ्चालन भइरहेको जनाउँदै उनले वर्षाका कारण कमजोर अवस्थाको उक्त साँघुरो सडक जोखिमपूर्ण रहेको बताए ।

लामो समयसम्म पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसक्दा स्थानीय उत्पादनको बिक्री वितरणका लागि पोखरा बजारसम्म आवतजावतमा समस्या परेको स्थानीय बासिन्दाले बताएका छन् ।

सोही राति चङ्खपुरको समरखुमा गएको पहिराका कारण अवरुद्ध भएको लेकसाइड–पामे–घाटीछिना सडक महानगरका प्राविधिकसहित आवश्यक उपकरण प्रयोग गरेर सञ्चालन गरिएको वडाअध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १२ : ३७ बजे

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा