भोलिसम्म सहमति गर्नुहोला, आजको बैठक सूचना टाँसेर स्थगित गरौँ : सभामुख घिमिरे | Khabarhub Khabarhub

भोलिसम्म सहमति गर्नुहोला, आजको बैठक सूचना टाँसेर स्थगित गरौँ : सभामुख घिमिरे


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन् ।

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भने, ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयकहरु खासगरी मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजिकरण गर्न म तयार छु । आजको बैठक सूचना टाँसेर स्थगित गरौं ।’

प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर विपक्षी दल नेकपा एमालेले सदन अवरूद्ध गर्दै आएकाले सभामुख घिमिरेले सो आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ३ : २४ बजे

मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित

सिरहा– असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुख्खा

प्रदेश अस्पताल पर्वतमा ३५ वर्षपछि विशेषज्ञ सेवा

पर्वत– सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह

काठमाडौं– बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा

तेलङ्गना राज्यप्रमुखले नेपालीमा मन्तव्य दिँदै भने- ‘ढाकाटोपी लाउने देख्दा परिवारजस्तै लाग्छ’

केही दिन अगाडि काठमाडौंबाट दिल्ली हुँदै भारतको हैदरावाद पुगेँ। नेपालबाट

एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेटको फाइनलमा