मुगुमा लागूऔषधविरुद्ध अभियान सञ्चालन « Khabarhub

मुगुमा लागूऔषधविरुद्ध अभियान सञ्चालन


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुका जनप्रतिनिधि र युवाहरू लागूऔषध, धूम्रपान, मद्यपानविरुद्धको अभियान सञ्चालनमा जुटेका छन् ।

पछिल्लो समय छिमेकी जिल्लासहित मुगुका युवालाई लागूऔषधका बारेमा सचेत गराउने, तालिम, प्रशिक्षण दिने, अभिभावकलाई लागूऔषधको कारोबार र सेवनले हुने धनजनको क्षतिको बारेमा सचेत बनाउने उद्देश्यले लागूऔषध, धूम्रपान मद्यपानविरुद्धको सचेतना अभियान सञ्चालन गरेका हुन् ।

छाँयानाथ रारा नगरपालिका–१ देखि ७ वडासम्म लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतना फैलाइरहेको जनाइएको छ। छाँयानाथ रारा नगरपालिका, जिल्ला प्रशासन कार्यालय मुगु र जिल्ला प्रहरी कार्यालय मुगुको संयुक्त आयोजनामा लागूऔषध दुर्व्यसनीबाट धनजनको क्षति नगर्न र नगराउन आफ्ना छोराछोरीहरूलाई कुलतमा फस्न नदिन भन्दै शुक्रबार सरोकारवालासँग अन्तरक्रिया गर्दै सुझाव मागेको छाँयानाथ रारा नगरपालिकाले जनाएको छ ।

प्रहरीको सहायतामा लागूऔषधसम्बन्धी कानुनी प्रावधानबारे जानकारी दिइएको अभियानमा जुटेका युवा नरेश भामले बताए । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले लागूऔषधविरुद्धको अभियान सुरु गरिएको बताए । उनले नगरपालिका भित्र र जिल्लाका कुनै पनि नागरिक लागूऔषधको दुर्व्यसनीमा लाग्न हुन्न भन्ने सन्देश फैलाउन सचेतनामूलक कार्यक्रम गरिरहेको बताए ।

उनले कुलतमा लागेका युवालाई सुधार गर्न नगरपालिकाले सुधार गृह पनि चाँडै सञ्चालनमा ल्याउने जानकारी दिए । सुधार गृह भवनको लागि नगरसभाबाट आवश्यक बजेट विनियोजन भइसकेको उनले बताए । नगरपालिकाका वडा नं १ देखि ७ वडा सम्मका युवालाई गाउँमै पुगेर लागूऔषध दुर्व्यसनीका बारेमा प्रशिक्षण दिइएको थियो भने शुक्रबार जिल्लाका सरोकारवालासँग सुझाव पनि मागिएको छ ।

कार्यक्रममा लागूऔषधको कारोबार, सेवनले हुने हानी नोक्सानीका विषयमा अवगत गराइएको थियो । प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले लागूऔषधविरुद्धको अभियानलाई निरन्तरता दिइने जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ४ : २५ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,