नागढुंगा–नौबिसे सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुँदै « Khabarhub

नागढुंगा–नौबिसे सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुँदै


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्ग अन्तर्गत एक टनेलको आज दिउँसो ‘ब्रेक थ्रु’ हुने भएको छ। निर्माण सुरु भएको झन्डै चार वर्षपछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा जाने कार्यक्रम रहेको छ । ‘ब्रेक थ्रु’का लागि ‘रेस्क्यू टनेल’को काम अब एक मिटर मात्र बाँकी रहेको परियोजनाले जनाएको छ । 

२०७६ साल कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम आज सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रु’ गरिने छ ।

यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ । 

मुख्य टनेलको सुरूङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : २८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार