दूतावासमा श्रमिक हेल्प डेक्स राख्ने एनआरएनए कतारको निर्णय « Khabarhub

दूतावासमा श्रमिक हेल्प डेक्स राख्ने एनआरएनए कतारको निर्णय


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले दोहास्थित नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ ।

अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बसेको पहिलो कार्यसमिति बैठकले हेल्प डेस्क राख्नुका साथै त्यसका लागि दूतावाससँग समन्वय गरेर आवश्यक निर्णय लिने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको छ ।

दूतावासमा खासगरी राहदानी नवीकरण गर्न जाने तथा अन्य सेवा लिन जाने श्रमिकहरूलाई मध्यनजर गर्दै फोटोकपी मेसिनसहित कर्मचारी रहने गरी हेल्प डेस्क सञ्चालन गर्न लागिएको हो । 

महाधिवेशनबाट पारित भएको संकल्प प्रस्तावको मर्म अनुसार एनआरएन आईसीसीको १० औँ महाधिवेशनबाट अलग भएर गठन गरिएको एनसीसीसँग वार्ता गर्न संस्थाका प्रथम उपाध्यक्ष कृष्ण पन्थीको संयोजकत्वमा द्वितीय उपाध्यक्ष केशव कार्की र तृतीय उपाध्यक्ष सन्दीपकुमार भट्टराई रहेको वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ ।

यस्तै, बैठकले दशौँ राष्ट्रिय महाधिवेशनमा कोषाध्यक्षले तयार गरी लेखा समितिले अनुमोदन गरेको आर्थिक प्रतिवेदनमा पञ्जीकृत सदस्यहरूले आर्थिक अनियमितताको गम्भीर प्रश्न उठाएकाले आईसीसी सहकोषाध्यक्ष होमनाथ शर्माको संयोजकत्वमा एनसीसी कतारको लेखा समिति र कोषाध्यक्ष सम्मिलित छानविन समितिलाई प्रतिवेदन बुझाउन १५ दिन समय दिने र छानविनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

एनआरएनएले विधान २००३ को एघारौँ संशोधनको दफा १६ को १६ (२) मा रहेको व्यवस्था अनुसार कार्यसमिति सदस्यहरूमा नन्दलाल विश्वकर्मा (अजय), सुनिल परियार, शेख दबिर, सम्सी आलम, विवेक पुलामी मगर, लिला राई, विरेन्द्र यादव र राम हृदय शाहलाई मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता सन्तोष कुँवरले जानकारी दिए ।

यस्तै, संघको सचिवालय सदस्यमा सन्तोष पौडेल र रमेश केसीलाई कार्यसमिति सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशमा क्रियाशील रहेका विभिन्न संघ संस्थाहरूसँग समन्वय गर्नका लागि कोशी प्रदेशमा प्रेम कुमार बस्नेत, मधेश प्रदेशमा मो.आजाद मंसुर, बाग्मती प्रदेशमा सुदीप पाठक, गण्डकी प्रदेशमा नन्दलाल विश्वकर्मा (अजय), लुम्बिनी प्रदेशमा झविन्द्र बेल्बासे (विवस), कर्णाली प्रदेशमा दुर्गा बिक र सुदूरपश्चिम प्रदेशमा परमानन्द भट्टलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १० : ३४ बजे

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण