संसदमा गतिरोध अन्त्यका लागि शीर्ष नेताको बैठक पुनः बस्दै « Khabarhub

संसदमा गतिरोध अन्त्यका लागि शीर्ष नेताको बैठक पुनः बस्दै


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेसहित शीर्षनेताहरुको बैठक पुनः सुरु भएको छ । सोमबार दिउँसो बसेको बैठकमा सहमति नजुटेपछि पुनः बसेको हो ।

नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु सहभागी छन् ।

यसअघि सिंहदरबारमा बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि सहमति जुटाउन भन्दै पुनः बसेको हो । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सहमति जुटाउने भन्दै अपरान्ह ४ बजेका लागि सारिएको थियो ।

एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठको माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ४ : ४० बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।