मानव वेचबिखनमा संलग्न भएकाे आराेपमा एकजना पक्राउ « Khabarhub

मानव वेचबिखनमा संलग्न भएकाे आराेपमा एकजना पक्राउ


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

पोखरा- मानव वेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोरखा पालुङटार घर भई कास्की पोखरा महानगरपालिका ८ सृजना चोकमा खाजाघर सञ्चालन गरी बस्ने ६० वर्षीया पार्वती काराखेती रहेको प्रहरीले जनाएको छ ।

उनको होटलमा नाबालिका तथा महिलालाई ललाइफकाई वेटरको राम्रो काम लगाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी यौनजन्य क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत कास्कीबाट मानव वेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ५ : ४७ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको