साउनको चौथो सोमबार : डेढ लाख भक्तजनले गरे पशुपतिको दर्शन « Khabarhub

साउनको चौथो सोमबार : डेढ लाख भक्तजनले गरे पशुपतिको दर्शन


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउनको चौथो सोमबार आज पशुपति क्षेत्रमा एक लाखभन्दा बढी भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।

साउनको सोमबार पशुपति क्षेत्रमा देश, विदेशबाट लाखौँ भक्तजन आउने गरेका छन् । भक्तजनलाई सुविधा दिने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । पशुपति क्षेत्रमा विशेषगरी सोमबारको व्रत बसी हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनको भीड लागेको थियो ।

साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने, शुद्ध जलमात्र भगवान् शिवलाई चढाएमा प्रसन्न भई मनावाञ्छित फल दिने विषय शिवपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा लाखौँ भक्तजनको साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा भीड लाग्ने गरेको हो ।

साउने सोमबारका अवसरमा आज एक सय ४१ जना भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । विशेष पूजाका लागि साउनको सोमबार रु सात हजारभन्दा माथिको मात्र रसिद काटिएको कोषले जनाएको छ । साउनको सोमबारको अवसर पारेर आज सांसद रेणु साह, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका गुरु र वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि आज पशुपतिनाथ मन्दिरमा पूजा, आराधनासहित दर्शन गर्नुभएको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिए ।

ओम बोल बम काँवरिया सङ्घका १५ हजारभन्दा बढी भक्तजनले आज सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गरेको जानकारी पनि उनले बताए । शुद्ध जल लिन बोल बम यात्री आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए । बिहानै स्नान गरी शुद्ध जल ल्याएर भक्तजनले पशुपतिनाथमा अर्पण गरेका हुन् ।

पशुपतिनाथ मन्दिरमा पूजा, आराधना र दर्शनका लागि आउने भक्तजनलाई आज पशुपति क्षेत्रका चार स्थानबाट चन्दन बाँडिएको थियो । सानो सदावर्तअघि, घ्याम्पेपाटीअघि, चतुःषष्टि लिङ्गअघि र वरुणधारा छेउबाट चन्दन बाँडिएको थियो । साउनको चौथो सोमबार पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मक्खन महादेवलगायत काठमाडौँ उपत्यकाका शिव मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको थियो । देशका अन्य ठूला, साना शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ६ : ०१ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान