लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा भन्छन् : मिडियाले मेरो चरित्रहत्या गरे « Khabarhub

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा भन्छन् : मिडियाले मेरो चरित्रहत्या गरे


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूलाई राज्यले जिम्मेवारी दिनेबेला आफूविरूद्ध लान्छाना लगाउने गिरोह सधैँ संगठित रुपमा सक्रिय हुने गरेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामाले कोषको उपाध्यक्षमा आफ्नो नियुक्तिपछि केही मिडियाले आफूविरुद्ध चरित्रहत्याको तहमा उत्रिएर गरिएका समाचार टिप्पणी र लान्छानाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताए । उनले देशको लागि आफूले केही गर्न खोज्दा सदैव अवरोध गर्न खोजिएको जिकिर गरे ।

लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिने नेपाल सरकारको निर्णयप्रति आफू अभारी भएको बताउँदै उनले आफूले पाएको जिम्मेवारी पूरा गर्ने उल्लेख गरे ।

आफू हेलम्बुजस्तो दुर्गम गाउँमा गरिब आदिवासी जनजाति परिवारमा जन्मिएर बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै अपराध हो भने आफू अपराधबाट कहिल्यै सफाइ पाउन नसक्ने उनको तर्क छ ।

केही मान्छेहरूले लगाएका आरोपहरु राज्यका संवैधानिक अंग तथा अनुसन्धान गर्ने अख्तियारीप्राप्त निकायहरुको अनुसन्धानबाट आफूले पटकपटक सफाइ पाएको सत्य किन स्वीकार गर्न सक्दैनन् भन्दै उनले प्रश्न गरे ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ६ : ४२ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा