बेसीशहरका टोल टोलमा स्टेचर वितरण « Khabarhub

बेसीशहरका टोल टोलमा स्टेचर वितरण


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेसीशहर नगरपालिका वडा नम्बर ११ ले वडा भित्रका प्रत्येक टोलमा स्टेचर वितरण गरेको छ ।

वडाको आर्थिक वर्ष ०८०–०८१ को बजेटबाट १० वटा टोललाई स्टेचर प्रदान गरेको हो । वडा नम्बर ११ का वडा अध्यक्ष शिव जोशीले एक कार्यक्रमका बीच ११ वटा स्टेचर टोलसुधार समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरेका हुन् ।

विपद् जतिखेर पनि आउन सक्ने भएकाले प्रतिकार्यका लागि टोलटोलमा स्टेचर प्रदान गरिएको वडाध्यक्ष शिव जोशीले बताए ।

सदरमुकाम भएर पनि सबै टोल र बस्तीमा यातायातको पहुँच नपुगेकाले गर्भवती, सुत्केरी, बिरामी र विपद्का घटनामा घाइते भएकालाई तत्काल अस्पतालसम्म पुर्याउन स्टेचर आवश्यक पर्ने भएकाले वडा कार्यालयले स्टेचर खरीद गरेर वितरण गरेको उनले बताए।

आर्थिक वर्ष ०८०–०८१ मा वडाले स्टेचर खरीदका लागि ४५ हजार रुपैयाँ रकम छुटाएको वडाले जनाएको छ । ‘जहाँ आवश्यक पर्छ त्यही दिन्छौं,’ उनले भने, ‘हाम्रो जस्तो भौगोलिक विकट ठाउँमा स्टेचरको आवश्यकता निकै महसुस भएकाले खरिद गरीएको हो ।’

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ७ : ५० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि